मङ्लबार, बैशाख ११, २०८१

उचित नाम अनुचित काम

काठमाडौं,फागुन ३ । कृषि क्षेत्रमा बढ्दो आकर्षणसँग किसान मारा प्रबृत्ति पनि मौलाउँदै गएको छ । त्यसमाथि पनि कृषि क्षेत्रमा सरकारले अनुदान दिने भएपछि अनुदान हात पार्नका लागि जस्तोसुकै हथकन्डा अपनाउन पनि व्यापारीहरु तयार हुदाँ रहेछन् भन्ने कुराको विस्तारै विस्तारै प्रमाणित हुँदै गएको छ ।
किसानहरुलाई प्रभावमा पार्नका लागि शुरु शुरुमा गुणस्तरीय सामान वितरण गर्ने र पछि विस्तारै विस्तारै गुणस्तहिन कृषि सामग्री वितरण गर्नेहरुको बोलवाला बढ्दै गएको छ । विशेष गरी प्रागांरिक कृषि खेती तर्फ किसानहरु आकर्षित भईरहेका बेला मल, बीउ जस्ता कुरामा व्यवसायीहरुको किसान मारा प्रवृत्ति देखिन थालेको छ ।
अहिले त्यही मेलोमा उचित मल देखिएको छ । ललितपुरको ठेचोमा कारखाना रहेको सो मल कम्पनीले यतिखेर गुणस्तरहीन मल किसानसम्म पु¥याउन थालेको प्रांगारिक कृषि खेती गरिरहेका किसानहरुले बताउन थालेका छन् । ढुसी मार्फत कृषि वालीमा लाग्ने रोग किरा हटाउन मद्दत पुग्ने भन्दै चर्को मूल्यमा विक्री गरी उचित मलले किसानहरुसँग अनुचित लाभ लिईरहेको छ ।
अत्यन्त धेरै उर्वराशक्ति दिने भन्दै किसानहरुलाई झेलझाल गरेर उचित मलले अनुचित फाइदा लिईरहेको भएपनि सम्वन्धित निकाय मौन रहेका कारण किसान मारमा परेको टोखाका एक किसानले कृषिलाई बताए । यस्तो अनुचित कार्य गर्ने मल कम्पनीलाई सरकारले अनुदान दिने तयारी समेत गरेको छ रे उनले गुनासो गरे । माटोका लागि आवश्यक पर्ने तत्वहरु मलमा हुनु पर्ने भएको भएपनि तीन चार बर्ष अगाडिको रिपोर्ट लिएर किसानहरुमा अनुचित फाइदा लिने कार्य उचित मलले गरेको उनको तर्क छ । शुरुमा राम्रै मल दिए पनि पछिल्लो समयमा मलका नाममा माटो बेच्ने काम गरेको किसानहरुको आरोप छ । केही कर्मचारीहरुको मिलेमतोमा उचित मललाई लाखौं रुपैयाँ अनुदान उपलब्ध गराउन खोजेको किसानहरुले आरोप लगाउन थालेका छन् । मल उत्पादनका लागि अनुदान उपलब्ध गराउन उचित मल उद्योगलाई सिफारिस गरेको माटो व्यवस्थापन निर्देशनालयले स्वीकार गरेको छ । – कमला नेपाल

प्रकाशित मिति: आइतवार, फाल्गुन ३, २०७१