बिहिबार, बैशाख १३, २०८१

इजरायली प्रविधिका लागि निजी कम्पनीको खोजी

isralइजरायल, ३ फागुन । कृषि सचिव जयमुकुन्द खनालले इजरायली प्रविधि सम्वन्धी कृषि प्राविधिक ज्ञानका लागि इजराल अध्ययन गर्न पुगेका विद्यार्थीहरुले इजरायलमा सिकेको सिप र प्रविधिलाई नेपालमा भित्र्याउन सके नेपाली कृषि क्षेत्रले धेरै नै परिवर्तन गर्न सक्ने बताएका छन् । ब्क्ष्ऋब्त् को निमन्त्रणामा इजरायलको आराभा भएको कृषि प्रर्दशनीमा सहभागी हुन पुगेका खनालले सो प्रर्दशनीलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । इजरायली कृषि मन्त्री यायीर समिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो प्रर्दशनीमा थोंपा सिंचाई, कम्पोष्ट मल उत्पादन प्रविधि लगायतका स्टलहरु राखिएको थियो । प्रर्दशनीमा कृषि क्षेत्रमा काम गरिरहेका नेपाली तथा प्रशिक्षार्थीका रुपमा पठाइएको विद्यार्थीहरुको पनि सहभागिता भएको थियो ।
इजरायलको तेलअभि विश्वविद्यालयमा अध्ययनरत अनिल कुमार जयसवालाई सो विश्वविद्यालले विद्यावारिधि अध्ययनका लागि दिएको छात्रबृत्ति कृषि सचिव जयमुकुन्द खनालले हस्तान्तरण गरेका थिए । साथै सचिव खनालले साना किसान वैक मार्फत कृषि तालिमका लागि पुगेका प्रशिक्षार्थीहरुले अध्ययन गर्ने ठाउँ र उनीहरुले गरिरहेका फार्महरुको समेत अवलोकन गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थी आफूहरुले सिकेको प्राविधिक सीपलाई मुलुक भित्रै सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेर उपयोग गर्न के नेपालमा कृषि विकासले ठूलो फड्को मार्न सकिने धारणा सचिवलाई राखेका थिए । साना किसान वैंकले गतबर्ष २ सय ४ र यो बर्ष ५ सय १५ गरी ७ सय ४ जना युवाहरुलाई प्रशिक्षार्थीका रुपमा इजरायल पठाइसकेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ३, २०७१