शनिबार, बैशाख ८, २०८१

चितवन मिल्क विरुद्ध डेरी एशोसिएन कि सुमित केडिया

sumit kediaकाठमाडौं, माघ । व्यवसायिक रुपमा डेरी उद्योग सञ्चालन गरिरहेका उद्योगीहरु वीच नै एक आपसमा मनमुटाव देखियो भने दुग्ध उत्पादन क्षेत्रले गति लिन सक्दैन भन्दै गर्दा डेरी उद्योगहरुलाई संस्थागत रुपमा अगाडि बढाउने र संकट पर्दा सहयोग गर्ने उदेश्य बोकेको संस्था नै उद्योग विरुद्ध लागेपछि संस्था प्राईभेट कम्पनी भयो कि भन्ने शंका डेरी उद्यमीहरुले व्यक्त गर्न थालेका छन् ।
नेपाल डेरी एशोसिएसनको दाङ्गमा सम्पन्न भएको अधिबेशनबाट निर्वाचित भएर आएका डेरी उद्यमीहरुको संस्था नेपाल डेरी एशोसिएसनका अध्यक्ष सुमित केडियाले संस्थाको दाङ्ग घोषणा जारी गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मिल्क विरुद्ध बोलेपछि डेरी उद्यमीवीच मनमुटाव शुरु भएको हो ।
चितवन मिल्क निजी साझेदारी मोडेलमा जाने तयारी गरिरहेका बेला संस्थाका अध्यक्षले सरकार शेयर हाल्न नहुने धारणा सार्वजनिक भएपछि डेरी उद्यमीहरुको साझा संस्थाका रुपमा सो संस्थामाथि नै प्रश्न उठ्न थालेको छ । सुमित केडियाले चितवन मिल्कका बारेमा दिएको अभिव्यक्ति विरुद्ध एशोसिएसनका केही पदाधिकारी नै उभिएका छन् भने चितवन मिल्कले पनि सो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा हाल्ने तयारी गरिरहेको बुझिएको छ ।
सुमित केडियाले इन्द्रेणी फुडल्याण्डमा भएको पत्रकार सम्मेलन चितवन मिल्कका विरुद्ध दिएको अभिव्यक्ति संस्थाको आधिकारीक भएको संस्थाका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले कृषि अनलाईनलाई बताए । तर, अन्य पदाधिकारीहरुले भने सो कुरा संस्थाको आधिकारिक भनाई नभएको र संस्थाले त्यस्तो कुरा नगर्ने बताईरहेका छन् । केडियोको अभिव्यक्तिलाई लिएर चितवन मिल्कले समेत एशोसिएनसँग सो बारेमा पत्राचार गरेका कारण एशोसिएनको विहीबार ४ बजे आकस्मिक वैठक बसेको खुल्न आएको छ ।
सो सम्वन्धमा एशोसिएनका सचिव हिरा केसीलाई सम्पर्क गर्दा भने कुनै पनि उद्योगको मूल्य वा चल्यो चलने भनेर संस्थाले आधिकारिक अभिव्यक्ति नदिएको बताए । सरकारले कुनै पनि डेरी उद्योगलाई सञ्चालनमा सहजता ल्याउनु पर्ने र डेरी उद्यमीहरुको पक्षमा आफू उभिने समेत बताउका छन् । एशोसिएनको वैठकमा सो अभिव्यक्ति प्रति सचिवालय सदस्यहरु नै रुष्ट भएको बताइएको छ । सो सम्वन्धमा एशोसिएनमा अध्यक्ष सुमित केडियासँग जानकारी लिन खोज्दा उनले फोन उठाएनन् ।

प्रकाशित मिति: बिहिबार, माघ २९, २०७१