बिहिबार, फाल्गुन १०, २०८०

जुम्लामा हिमालीको रु पाँच करोड ६८ लाख अनुदान

जुम्ला, २२ माघ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)ले आव २०७०÷७१ यता पाँच करोड ६८ लाखबराबरका २३ वटा व्यावसायिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
उच्च पहाडी जिल्लाका बासिन्दाको आय वृद्धि गर्ने र जीविकोपार्जनमा दिगो सुधार ल्याउने उद्देश्यका साथ मुलुकका १० वटा हिमाली जिल्लामा लागू भएका आयोजनाअन्तर्गत जुम्ला जिल्लामा हाल ३२ वटा उपआयोजना स्वीकृत भएको हिमाली आयोजनाले जनाएको छ ।
यसमा २३ वटा उपआयोजना स्वीकृत भई स्थलगत प्रमाणीकरणका साथै सम्झौता भएर कार्यान्वयनमा गएको, सातवटा स्थलगत प्रमाणीकरण भएर केन्द्रमा पठाइएको र दुईवटा प्रमाणीकरण हुन बाँकी रहेको समेत कार्यालयले जनाएको छ । अधिकारीले बताउनुभयो ।
जुम्लाका ११ वटाभन्दा बढी गाविसका व्यवसायीलाई समेट्न सफल हिमाली आयोजनाले कृषि, पशुपालन र जडीबुटीसहित तीन क्षेत्रमा कृषक व्यवसायीबाट प्रस्तावना लिइरहेको र त्यहीअनुसार हालसम्म १३९ जनाको व्यावसायिक योजना दर्ता गराइएको हिमाली आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१