बुधबार, मंसिर १३, २०८०

मुलुकलाई अर्गानिक उत्पादनतर्फ उन्मूख गर्न कृषि मन्त्रीको आग्रह

niriकाठमडौं, १९ माघ । खाद्य संकट समेतलाई मध्यनजर गर्दै मुलुकलाई अर्गानिक उत्पादन तर्फ उन्मूख गर्नका लागि कृषि मन्त्री हरिप्रसाद पराजुलीले आग्रह गरेका छन् । मुलुकलाई प्रांगारिक कृषि तर्फ उन्मूख गर्नु पर्दछ भन्ने अभियानका कृषि विकास मन्त्रालय लागिरहेको परिप्रेक्ष्यमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले नेदरल्याण्डको प्रविधिबाट वायोकम्प नेपालले उत्पादन गरेको प्रांगारिक मल उत्पादन स्थल खोकनाको स्थलगत निरिक्षण पश्चात सो कुरा व्यक्त गरेका हुन् ।
रसायनिक मलको प्रयोगका कारण नेपाली माटोको उर्वराशक्ति कम हुँदै गईरहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री पराजुलीले देश सुहाउँदो किसिमले अर्गानिक उत्पादन गर्नु पर्ने बेला आएको समेत बताएका छन् । ललितपुरको खोकना स्थित बायोकम्प नेपालले ६ महिना अघिदेखि नेपालमा पहिलो पटक नेदरल्याण्ड प्रविधिमा प्रांगारिक मल उत्पादन गर्दै आईरहेको छ । नेदरल्याण्डका विज्ञहरु नै नेपालमा बसेर प्रांगारिक मल उत्पादनमा सक्रिय देखिएका छन् । वायोकम्प नेपालले उत्पादन गरेको प्रांगारिक मल विस्तारै विस्तारै हरेक नेपाली किसानको खेतमा पुग्ने किसिमले उत्पादन बृद्धि गर्नतर्फ लाग्न समेत मन्त्री पराजुलीले आग्रह गरेका थिए ।
रासायनिक मल तथा विषादीका कारण देखिएको समस्यालाई समाधान गर्ने एकमात्र विकल्पमा रुपमा नेपाली कृषिमा प्रांगारिक मल, प्रांगारिक विषादी नै रहेकाले त्यसतर्फ अगाडि बढन् किसानहरुलाई आग्रह गर्दै मन्त्री पराजुलीले प्रांगारिक उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ १९, २०७१