बिहिबार, फाल्गुन १०, २०८०

व्यवसायिक माछा पालनका लागि सन्तुलिन दाना अपरिहार्य छ

Satish
सतिशचन्द्र श्रेष्ठ
प्रबन्ध निर्देशक : श्रीनगर एग्रो फार्म

० नेपालमा माछा व्यवसायको अवस्था के देख्नु भएको छ ?
आजभन्दा दशपन्ध्र वर्ष अगाडि जुन अवस्था थियो आजको अवस्था पनि त्यही नै छ । पहिला पनि यसलाई उद्योगको रुपमा लिएको थिएन । परम्परागत रुपमा घरायसी प्रयोजनका लागि जस्तो मात्र थियो । पछिल्लो समयमा भने निजी क्षेत्रबाट यसलाई उद्योगको रुपमा स्थापित गर्ने पहल भईरहेको छ ।
० के कारणले यस्तो अवस्था आएको हो त ?
माछा व्यवसायमा खड्किएका मुख्यतया तीनचारहरु विषय छन् जस्तै आवश्यक मात्रामा उत्पादित हुने भुरा जसलाई हामी सीडको रुपमा लिन्छौ । अर्को समयभित्र आउने गुणस्तर, तयार हुने नाप तौल, विशेष गरेर माछाका लागि दाना र आवश्यक प्रविधि यी तीन चारवटा विषय वस्तु अत्यन्तै महत्वपूर्ण देखिएकोछ । हामीसँग यस क्षेत्रका लागि प्राविधिक दक्ष जनशक्तिको कमी पनि छैन । तर ती दक्ष जनशक्तिलाई सही प्रयोग गर्नु पर्दछ । हामी कहाँ आवश्यक मात्रामा माछाका भुरा र माछाका लागि आवश्यक सन्तुलित दानाको ठूलो कमजोरीछ ।
० यसको मतलव माछाका लागि सन्तुलित दानाको अभाव छ ?
माछा व्यवसायका लागि सवैभन्दा बढी आवश्यक पर्ने भनेको सन्तुलित दाना नै हो । सन्तुलित दाना विना परम्परागत रुपबाट माछापालनले व्यवसायिकता हासिल गर्न सक्दैन । माछाको लागि दाना उत्पादनमा ठूलो लगानी आवश्यक पर्ने भएकाले खासै चासो कसैले पनि नदिईरहेको अवस्थामा हामीले त्यो सोचलाई अगडि बढाएर केही दक्ष प्राविधिकहरुसँग मिलेर माछाका लागि गुणस्तर दाना उत्पादनका लागि उद्योग शुरु गर्ने प्रयास गरेका छौ ।
० दुई बर्ष अगाडि माछाको दाना उत्पादन गर्दाको अवस्था र अहिले के भिन्नता पाउनु भो ?
दुई वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै नै परिवर्तन भईसकेको छ । हिजो माछालाई पीना र ढुटो परम्परागत हिसाबले खुवाउदै गरिन्थ्यो आज आएर त्यतिले मात्रै हुँदैन माछालाई पनि सन्तुलित आहार दाना खुवाउनुपर्छ । माछालाई पनि सम्पूर्ण तत्व मिश्रीत भएको दाना खुवाउनुपर्छ भन्ने जनचेतना किसानहरुमा आएको देखिन्छ । किसानहरुलाई जनचेतना अभिबृद्धि गर्नका लागि हामीले सक्रिय रहेयौं । तीन जिल्लामा कृषकहरुलाई माछाका लागि सन्तुलित आहारका किन आवश्यक छ भन्ने विषयमा प्रशिक्षण दिएका थियौं । प्रशिक्षण लिएका मध्ये माछा पालनलाई मुख्य व्यवसाय बनाएर अगाडि बढ्नु भएका किसानहरुले माछालाई सन्तुलित दाना कै आधारमा व्यवसाय गरिरहेका हामीले पाएका छौं ।
० नेपाली माछाले मूल्य नपाएर त होइन ?
नेपाली माछाले आन्तरिक रुपमा जुन प्रकारले बजार मूल्य पाईरहेकोछ त्यो भारतबाट आयात भएको माछाको मूल्यभन्दा धेरै राम्रो छ । नेपाली माछाको बजार पनि रामो छ मूल्य पनि राम्रो पाइरहेका छन् । यो अवस्थामा माछालाई सन्तुलित दाना खुवाएर उत्पादन बढाउन सक्यौ भने किसानहरुले अझ बढी लाभ लिन सक्छन् । जसका कारण माछापालन व्यवसाय अझ बढ्नु पर्दछ भन्ने सोचका साथ हामी अगाडि बढिरहेका हौं ।
० सन्तुलित दाना ख्वाउनु पर्दछ भन्ने सवै किसानहरुलाई थाहा नहुन पनि सक्छ नि त ?
हो । किसानले कुन जातको माछा पाल्दाखेरी अधिक लाभ हुनसक्छ त्यतातिर नै लैजानु पर्दछ अर्को कुरा माछा पालन गर्ने किसानहरुलाई प्रशिक्षित गर्नुपर्ने उतिकै आवश्यक छ । नेपालमा ७० देखि ८० प्रतिशत माछा पाल्ने भनेको तराई क्षेत्रमा हो । त्यहाँ कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर सातवटा जातको माछा एउटै पोखरीमा राखेर पाल्ने चलन अहिलेसम्म यथावतै छ । तर ती सातवटा जातका माछाहरुलाई कुन(कुन प्रकारको दाना दिने भन्ने पनि ठूलो चुनौति छ । किन भने माछाका ती फरक जातहरुको आ(आप्mनो आहार (दाना) खाने आ(आप्mनै तरिका हुन्छ । जस्तै कुनैले पानीको सतहमा तैरीने आहार खान्छ भने कुनैले सतह जमीनमा भएको दानालाई खान्छ त कुनैले पानीको बीचमा तैरीने दाना लिन्छ । यसरी तीन प्रकारको आहार माछालाई खुवाउनु पर्ने हुन्छ ।
० त्यसो भए एउटा पोखरीमा एउटै जातको माछा पाल्न सिकाउनु प¥यो ?
ठिक भन्नु भो । यदि एउटै जातको माछा एउटा पोखरीमा पाल्दाखेरी दानाको एउटै प्रकार र एउटै मात्रा हुन्छ र मात्र माछाहरुलाई सन्तुलित दाना दिन सकिन्छ । माछाको तौल पनि सोही अनुरुप नै बढ्छ । त्यसकारण दानाको प्रयोगको यथेस्ट परिणाम आउनका लागि माछा पालन र दानाको प्रयोगले महत्वपूर्ण भूमिका निभाउछ । माछा पालनबाट किसानहरुको आर्थिक आय बृद्धि गर्नका लागि प्रत्येक जातको माछाका विषयमा किसानहरुलाई जानकारी दिने, कुन माछा पालन गर्दा कसरी वृद्धि हुन्छ र अधिक लाभ हुन सक्ने संभावन रहन्छ । अथवा सातैवटा जातका माछा एउटै पोखरीमा पाल्दा र प्रत्येक जातको माछा भिन्ना भिन्नै पाल्दाहुने फाइदाहरुका विषयमा जनचेतना पैmलाउने खालका कार्यक्रमहरु गर्ने योजनामा छौ ।
० तर माछाको दानाका लागि छिमेकी राष्ट्रस“ग आत्मनिर्भर हुनु परेको छ नि त ?
अहिले जति पनि नेपालमा दाना उद्योग छन् ती उद्योगहरुले माछाका दाना उत्पादनतिर चासो दिएको देखिदैन । अहिले पनि दाना उद्योग भन्ने वित्तिकै पोल्टूीका लागि भन्ने बुझिन्छ , त्यसपछि मात्र गाई भैंसीको लागि । तर, माछाका लागि दाना भन्ने बुझिदैन र माछाका लागि भनेर दाना उत्पादन गरिएको पनि छैन । हुन त अहिलेसम्म माछालाई दाना खुवाउने चलनै थिएन । अहिलेसम्म पनि परम्परागत तरिकाले किसानहरुले ढुटो र पीना खुवाउने चलन चलिआएकोछ । जबसम्म माछालाई दाना खुवाउनु पर्छ भन्ने सोच किसानहरुमा आउदैन र माछाका लागि भनेर दानाको माग आउदैन तबसम्म दाना उद्योगले पनि माछाका लागि भनेर दाना उत्पादन गर्ने कुरा भएन । त्यसैले नेपालमा दाना उद्योगहरु माछाका लागि दाना उत्पादन गर्ने तर्फ आकर्षित हुनसकेका छैनन् । त्यसैले हामीले विज्ञहरुको टोली मिलेर कमसेकम एउटा पाइलट प्लान्ट राखेर माछाका लागि गुणस्तरिय दाना उत्पादन गर्ने प्रयास दुई बर्ष अगाडि गरेका थियौं त्यसको परिणामा अहिलेसम्म राम्रै देखिएको पनि छ ।
० माछाका लागि दाना उत्पादनतिर सरकारले ध्यान नदिएको हो त ?
सरकारले माछा दाना उत्पादनतिर ध्यानै नदिएको हो भन्न त नमिल्ला किन भने राज्यले दातृ संघ संस्थाहरुबाट आएका स(साना दाना उत्पादन गर्ने मेशिनहरु मशिनहरु दाना उत्पादन गर्नका लागि उपलब्ध गराएको पनि छ । ती स(साना मशिनले आवश्यकता अनुसार दाना उत्पादन हुन सक्तैन । खास गरी माछाको लागि दाना उत्पादन गरेर किसानहरुमा बिक्रि वितरण गर्नु पर्दछ भन्ने सोचले कुनै पनि कार्यक्रम आएको मैले देखेको छैन ।
० त्यसो भए माछाको सन्तुलित दानाको बजार प्रशस्त छ ?
पछिल्लो एक तथ्याङ्कले के देखाएकोछ भने नेपालमा वार्षिक लगभग ६५ हजार मेटिूक टन माछा नेपालमा खपत हुन्छ । त्यो ६५ हजार मेटिूक टन माछा नेपालमा खपत हुनु भनेको दाना उद्योगको दृष्टिकोणले माछाका लागि आवश्यक दानाको बजारमा ठूलो सम्भावना नेपालमा छ । साधारण हिसाबममा हेर्ने हो भने पनि एक किलो माछाका लागि दुई किलो दाना चाहिन्छ भने ६५ हजार मेटिूक टन माछाका लागि एक लाख तीसहजार मेटिूक टन दाना नेपालमै आवश्यक पर्ने हुन्छ ।
० व्यवसायिक रुपमा माछा पालिरहनु भएका किसानहरुलाई के भन्नु हुन्छ ?
खासगरी प्रमुख व्यवसाय नै माछा पालन गरिरहुन भएका किसानहरुले परम्परागत रुपमा प्रयोग गर्दै आईरहनु भएको माछाको आहारलाई परिवर्तन गर्नु आवश्यक छ । माछा पालन गर्दा माछाको जात र त्यसलाई आवश्यक आहारको समेत जानकारी लिएर सन्तुलित दाना प्रयोग गर्नु भो भने माछाबाट प्रशस्त लाभ लिन सक्नु हुन्छ । त्यसकारण आफ्नो पोखरीमा रहेका माछाहरुलाई जात अनुसारको आवश्यक सन्तुलित आहार ख्वाउनका लागि अनुरोध गर्दछु । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, माघ १८, २०७१