आइतवार, फाल्गुन २०, २०८०

नेपालको ठूलो एवं आधुनिक गाईफार्मबाट गाई विक्री शुरु

cowकाठमाडौं, १७ माघ । नेपालको सवैभन्दा ठूलो गाई फार्म सञ्चालन गरेर चर्चा कमाएका मुलुकको ठूलो गाईपालन व्यवसायमा संलग्न भएका शशी पौडेल आफ्ना फार्ममा भएका गाई धमाधम विक्री गर्न थालेका छन् । सरकारले पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्दै युवा लक्षित कार्यक्रम अगाडि सारेपनि त्यसले युवाहरुलाई खासै प्रभाव पार्न नसकिरहेका बेला वेरोजगार युवाहरुका लागि पुशपालन तर्फ प्रोत्साहनबा बाहक बनेको शशी पौडेलले गाई विक्री गर्न थालेपछि व्यवसायिक रुपमा पशुपालन गरिरहेका किसानहरु समेत हच्किन थालेका छन् ।
पशुपालनका लागि सरकारी गलत नीतिका कारण आफूले गाईपाल्न नसक्ने अवस्था आएका कारण गाई विक्री गर्न थालेको शशी पौडेलले कृषिलाई बताए । सरकारले पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खोजेको जस्तो मात्र गरिरहेको पौडेलको आरोप थियो । नेपालको कृषि क्षेत्र महिला र उमेर ढल्केकाहरुबाट नै धानिरहेको अवस्थामा युवा लक्षित कार्यक्रमका नाममा पुन ः युवा स्वरोजगार कोष जस्तै देशको ढुकुटीमा पार्टीका कार्यकर्ताहरुलाई पोस्ने काम भन्दा अरु केही पनि हुन नसकेको उनको तर्क छ ।
पशुपालनका लागि महत्वपूर्ण रहेको घाँसबाली उत्पादन तर्फ सरकारले त्यत्ति धेरै चासो नदिएको मात्र होइन भारतमा प्रतिवन्धित हार्भेस्टरको प्रयोग बढ्दै गएका कारण पशुहरुको प्रमुख आहारका रुपमा रहेको छ्वाली, पराल पुरै नष्ट गर्न थालेपछि पशु आहारको अभाव हुन थालेको समेत पौडेलले बताए । तराईका चितवन, नवलपरासी, रुपन्देही लगायतका ४० भन्दा बढी जिल्लाहरुमा किसानहरु पशुपालन तर्फ आकर्षित बन्दै दूधका लागि आत्मनिर्भर बन्न खोजिरहेका बेला सरकारकै गलत नीतिका कारण पशुपालन व्यवसाय फस्टाउनुको सट्टा विस्थापित हुन थालेको छ । जसले दूधमा आत्मनिर्भरता तर्फ मुलुक अगाडि बढिरहेको भएपनि यस्तै अवस्थाका कारण परनिर्भरता तर्फ धेकेलिन संकेत देखिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७१