बिहिबार, बैशाख १३, २०८१

माछा पालनमा अत्यधिक आकर्षण बढ्दै गएको छ

ramananda

रमानन्द मिश्र
कार्यक्रम निर्देशक – मत्स्य विकास निर्देशनालय

० नेपालमा माछा पालनको अवस्था के छ ?
पछिल्लो समयमा आम उपभोक्ताहरुको स्वास्थ्यप्रति जनचेतनामा अभिबृद्धि हु“दै जा“दा माछाको माग बढ्दै गईरहेको छ । यसमा पनि आम नेपालीको क्रयशक्तिमा समेत बढोत्तरी भएका कारण माछा व्यवसाय बढ्दै गईरहेको छ । कृषि क्षेत्रको सर्वाधिक विक्री दर भएको माछा उत्पादनले धान्न नसकी खास गरी भारतबाट ठूलै परिणामा आयात गर्नु परिरहेको छ । माछामा राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी नेपाल सरकारद्धारा विभिन्न किसिमका कार्यक्रमहरु ल्याएका छन् । जसमध्ये प्रमुख रुपमा अभियानमुखि मत्स्य उत्पादन कार्यक्रम मध्य पहाड क्षेत्र विकास कार्यक्रम, हिमाली क्षेत्रका लागि ट्राउट विकास कार्यक्रम, युवा लक्षित कार्यक्रम यान्त्रिकीकरणमा अनुदान, आकर्षण विमा नीती प्रमुख रहेका छन् । फलस्वरुप माछा पालन प्रति कृषकहरुको आकर्षण निकै नै बढेको अवस्था छ ।
० माछा महोत्सव हुँदैछ तपाईहरुको भूमिका के हुन सक्छ?
नेपाल मत्स्य समाज तथा नेपाल माछा व्यवसायी संघको सहआयोजनामा सञ्चालन हुन लागेको मत्स्य महोत्सवको माध्यमबाट खासगरी माछा उत्पादनमा भौगोलिक एवं क्षेत्रीय असन्तुलन लाई हटाउन यसले ठूलो भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास लिएका छौ । त्यसैगरी आमउपभोक्ताहरुलाई समेत गुणस्तरीय माछा पहिचान गर्न तथा माछाका विविध परिकार बनाउन समेत जानकारी गराउने आशा लिएको छ । यसमा मत्स्य विकास निर्देशनालय समेत सह आयोजकको रुपमा रहेको छ । महोत्सव अवधि भरी नै मत्स्य पालन सम्वन्धि विविध प्राविधिक विषयहरु जानकारी गराउने हिसावले आफ्नै स्टल समेत राख्ने व्यवस्था मिलाएका छौं । जसले नेपालमा व्यवसायिक रुपमा माछा पालन गर्न खोजिरहेका किसानहरुलाई प्राविधिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
० अरु पनि कार्यक्रम छ होला नि तपाईहरुको महोत्सवमा ?
प्रमुक काम भनेकै माछा सम्वन्धि जनचेतना अभिबृद्धि गर्दै जानु पनि हो । अहिले जलीय जीवहरु माथि बढ्दै गईरहेको संकट, जलीय वातावरण एवं जलीय जैविक विविधतामाथि परिरहेको असर तथा अवैज्ञानिक एवं गैरकानूनी तरीकाले माछा मार्दा पर्न गएको प्रभावको समेत जानकारी गराउ“दै त्यसको संरक्षणका लागि समेत सचेतना अभियानमा जुट्नका लागि पनि हाम्रा लागि यो महोत्सव फलदायी हुन्छ भन्ने सोचेका छौं ।
० माछा उत्पादन बृद्धि गर्नका लागि नै अनुदानको व्यवस्था पनि छ होइन ?
हो । माछा पोखरी निर्माणका लागि सरकारले अनुदानको व्यवस्था गरेको छ । तराईमा एक हेक्टरका लागि १ लाख रुपैयँ“ र मध्य पहाडी जिल्लामा १ हेक्टरका लागि २ लाख दिने व्यवस्था गरेको छ । यो व्यवस्था ४६ जिल्लामा लागू गरिएको छ । अर्को अनुदान भनेको अक्सिजन बनाउनका लागि सरकारले ७५ प्रतिशत अनुदान दिएको छ । भने गुणस्तरीय दाना उत्पादनका लागि पनि हामीले ७५ जिल्लामा सहयोग गर्न खोजिरहेका छौं । सरकारले माछा पालनका लागि किसानहरुलाई ल्याएका कार्यक्रमहरु अत्यन्तै राम्रा छन् ।
० त्यसो भए अरु कृषि उत्पादनमा भन्दा मत्स्य पालनमा किसानहरु आकर्षण भएको पाउनु भएको छ ?
अहिले अरु कृषि उत्पादन भन्दा माछा पालनमा नै बढि किसानहरु आकर्षित बनेका छन् । हामीले देशभर अनुगमन गर्ने क्रममा पनि त्यही नै पाएका छौं । बारा,चितवन, बर्दियामा लहर नै चलेको छ । माछा पालनका लागि झापा पछाडि थियो त्यहाू समेत किसानहरु उत्साहित भएको देखिएको छ । अहिले तीन कारणले गर्दा माछाप्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । पहिलो कुरा अन्य कृषि उत्पादनका लागि युवाहरु विदेश पलायन भएका कारण जनशक्तिको अभाव हुँदै गयो । दोस्रो माछा व्यवसायमा अन्य कृषि उत्पादनको तुलनामा प्रतिफल धेरै छ र तेस्रो कुरा भनेको जोसुकैले पनि गर्न सक्ने छन् । खासगरी शिक्षित युवाहरु माछा उत्पादनतिर बढी आकर्षित देखिएका छन्  । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७१