शुक्रबार, चैत्र १६, २०८०

बागलुङमा पहिलोपटक व्यवसायिक उखुखेती

बागलुङ, १५ माघ । व्यवसायिक रुपमा तरकारी खेती शुरु गरेको केही बर्ष वित्न नपाएदै बाग्लुङ्ग जिल्लामा पहिलो पटक व्यवसायिक उखु खेती शुरु भएको छ ।  सिम्रिक कृषि सहकारी संस्था बागलुङले जग्गा भाडामा लिएर व्यावसायिक उखुखेती सुरु गरेको हो ।
बागलुङका विभिन्न कृषकले स्थापना गरेको सहकारीले भीमापोखारामा चार रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेको बताइएको छ।  । सहकारीका अनुसार करिब एक लाख रुपैयाँको लगानीमा खेती सुरु गरेको सहकारीले तत्कालका लागि वार्षिक दुई लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । “जिल्लामा मागअनुसार उखुको उत्पादन हुन नसकेका कारण  बाहिरबाट आयात गर्नु परिरहेको छ ।”
विशेषगरी गर्मी समयमा जुसका रुपमा प्रयोग गर्न उखुको उच्च माग हुने गरेको छ । जिल्लामा अहिलेसम्म कसैले पनि व्यावसायिक रुपमा उखु उत्पादनमा नलागेकाले उदाहरणका रुपमा आफूहरुले व्यवसाय सुरु गरेको सहकारीका प्रबन्धक खिम कार्कीले बताए । कृषि उपजको उत्पादन र बजारीकरणमा क्रियाशील सहकारीले व्यावसायिक अदुवा र केराखेती गर्न तयारीसमेत गरेको छ ।

प्रकाशित मिति: बिहिबार, माघ १५, २०७१