बिहिबार, बैशाख १३, २०८१

माछा पालनमा परम्परागत होइन व्यवसायिक हुनु पर्दछ

DSC03680 
हरिप्रसाद पराजुली
मन्त्री – कृषि विकास मन्त्रालय

० माछा पालन तर्फ युवाहरुको आकर्षण बढ्दै गईरहेको छ यसलाई दीगो बनाउनका लागि मन्त्रालयले के गरिरहेको छ ?
पछिल्लो समयमा विदेशबाट फर्केका एवं नेपालमै बेरोजगार रहेका युवाहरुमा माछा पालन तर्फ आकर्षण बढ्दै गईरहेको छ । यो अत्यन्तै राम्रो कार्य हो । विदेशमा आफ्नो श्रम सीप खर्च गर्नु भन्दा मुलुकभित्रै कृषि उत्पादन कार्यमा खटिनु भएका युवाहरुलाई सरकारले विभिन्न क्षेत्रबाट सहयोग गरिरहेको छ । माछा उत्पादन गर्नेका लागि पोखरी खन्नका लागि अनुदानको व्यवस्था पनि गरेको छ । कसैले माछा पालन गर्दछु भनेर जिल्लाका कृषि कार्यालयहरुमा गएर निवेदन दिएमा उनीहरुले मापदण्ड बमोजिमको रकम अनुदान पाउने गरेका छन् । माछा पालन व्यवसायलाई दिगो बनाउनका प्राविधिक सहयोग दिने काम पनि गरिरहेका छ । त्यत्तिमात्र होइन मातहतका कार्यालयहरुले विभिन्न खालका तालिमहरु पनि दि“दै आएको छ ।
० अहिले माछा पालनका लागि युवाहरुको आकर्षण बढ्नुको कारण चाहिँ के होला ?
माछा पालन व्यवसाय भनेको सहज रुपमा गर्न सकिने व्यवसाय पनि हो । अन्य कृषि बाली भन्दा माछाबाट मनग्ये आम्दानी पनि लिन सकिन्छ त्यसकारण पनि युवाहरु यसतर्फ आकर्षित भएको मैले महशुस गरेको छु । अर्कोकुरा माछा पालन गर्नका लागि अरु बाली जस्तो धेरै समय र मेहनत पनि गर्नु पदैन । माछा पालनले छोटो समयमा नै नगद आम्दानी गराउन सक्छ । धेरै दुख गर्न नपर्ने कृषि व्यवसायका रुपमा यसलाई लिईदै आएको छ । यद्यपी विगतमा भन्दा पछिल्लो समयमा माछा प्रयोग गर्ने उपभोक्ताहरुको संख्या पनि बढ्दै गएको छ । जसका कारण बजारीकरणका लागि कुनै समस्या पर्दैन । जति उत्पादन गर्न सकेपनि सहज रुपमा विक्री गर्न सकिन्छ । त्यो कारण पनि हुन सक्छ ।
० तपाई आपूm पनि किसान संगठनबाट नै मन्त्री बन्नु भएको छ विशेष गरी माछा पालन गर्ने किसानहरुको समस्या के देख्नु भाको छ ?
तपाईले ठिक कुरा गर्नु भो म आफै पनि किसान भएर आज यहाँ आएको छु । किसानका अनगिन्ती समस्याहरु छन् । त्यसलाई विस्तारै विस्तारै समाधान गर्दै जानु पर्दछ । एकै चोटी समस्या समाधान गर्दछु भनेर गर्न सकि“दैन । किसानहरुका लागि महत्वपूर्ण समस्या के के हु्न प्राथमिकताका आधारमा समाधान गर्ने काम मैले गरिरहेको छु । सवैभन्दा किसानहरुका लागि आवश्यकता के हो ? त्यो परिपूर्ति गर्नु पर्दछ । त्यसपछिको आवश्यकता के हो त्यो सहजीकरण गर्नुपर्दछ । त्यसैगरी पालैपालो गर्दै समस्या समाधान गर्ने तर्फ हामी लागिरहेका छौं । अर्को कुरा माछा पालन गर्ने किसानहरुको समस्याको कुरा गर्ने हो भने लहै लहैमा लागेर कुनै पनि व्यवसाय गर्नु हु“दैन । त्यस्तै माछा पनि हो । अहिले माछामा व्यवसायमा देखिएको समस्या भनेको उत्पादनको कमी नै हो । हामीकहा“ बजारीकरणको अभाव छैन । जति उत्पादन गरेपछि माछा विक्ने अवस्थामा छ  । तर, उत्पादित माछा गुणस्तरीय रुपमा उत्पादन गर्न सक्नु नै चुनौति हो । किसानहरुले अहिले पनि परम्परागत रुपमा माछा पालन गरिरहनु भएको छ ।
० माछा पालनमा लागेका किसानहरुलाई कसरी आकर्षित गराउन के गर्नु भएको छ त ?
कृषि विकास मन्त्रालयले किसानहरुलाई सुरक्षित गराउनका लागि धेरै नै काम गरिसकेको छ । युवाहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न बस्तु तथा बालीहरु उत्पादनका लागि अनुदानको व्यवस्था पनि गर्दै आईरहेको छ । परम्परागत रुपमा नभएर अव कृषिलाई व्यवसायिकतातिर लैजानु पर्दछ भन्ने सोच परिवर्तन गराउनका लागि विभिन्न खाले कार्यक्रम सञ्चालनमा आएका छन् । सवै भन्दा महत्वपूर्ण कुरा के हो भने किसानले उत्पादन गरेका बस्तु वा बालीलाई सुरक्षित गर्नका लागि सरकारले बीमा नीति ल्याईदिएको छ । त्यत्तिमात्र नभएर बीमामा तिर्नु पर्ने प्रिमियमका पनि ७५ प्रतिशत सरकारले नै तिर्ने व्यवस्था गरिदिएको छ । माछा पालन गर्ने किसानहरुका लागि अझ धेरै सुविधाहरुको व्यवस्था गरेको छ । सरकारले गर्ने काम भनेको किसानका समस्यालाई सम्वोधन गर्दैै किसानका पक्षका काम गर्ने हो जुन अहिले भई नै रहेको छ ।  -वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: मङ्लबार, माघ १३, २०७१