आइतवार, फाल्गुन २०, २०८०

झापामा आइपिएम कार्यालय खुल्यो

भद्रपुर, १२ माघ । विषादी प्रयोगका विरुद्ध प्रांगारिक खेती गर्नका लागि किसानहरु उत्प्रेरित भईरहेका बेला झापा जिल्लामा भने एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) समाज सो पद्धती अपनाउन थालिएको छ । झापाको विर्तामोडमा आइपिएम समाजले कार्यालय नै स्थापना गरेको छ । सो कार्यालयको कृषि विकास कार्यालय झापाका प्रमुख एवं कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले उद्घाटन गरेका छन् ।

आइपिएम समदृष्टि, बनाऔँ, सम्मानित पेसा कृषि’ प्रमुख नारा रहेको आइपिएमअन्तर्गत झापामा २०० कृषक पाठशाला छन् । स्वच्छ तथा स्वस्थ उत्पादन आइपिएम समाजको अभियानले वातावरण मैत्री र विषादीरहित कृषि उत्पादनमा मद्दत पुग्ने विश्वास लिइएको छ । सो प्रमुख तिमल्सेनाले आइपिएम पद्धतिबाट खेती गरिएमा उत्पादन बढ्ने र लागत कम हुने कुरामा जोड दिएका थिए ।

प्रकाशित मिति: सोमवार, माघ १२, २०७१