आइतवार, मंसिर २४, २०८०

मोबाईल एप्सबाट कृषि प्रविधि विस्तार

123अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधी र प्रासङ्गिक जानकारी एवं असल सिकाईहरु किसान, किसान समुह तथा समुदाय समक्ष हस्तान्तरण गर्ने र सो क्रममा प्राप्त समस्या तथा सम्भावनाहरु सम्बन्धी पृष्ठपोषणलाई पुनस् अनुसन्धान निकायमा लैजाने प्रमुख माध्यम नै कृषि प्रसार हो । त्यसैले कृषि प्रसारलाई किसान र अनुसन्धानलाई एकआपसमा जोड्ने सेतु पनि भनेर चिनिन्छ ।कृषि विभाग र यस अन्तर्गतका निकायहरुबाट यही सेतुको भूमिका निर्वाह गरिरहेका छन् ।

कृषिको क्षेत्र व्यापक भएकाले प्रसार कार्यकर्ताले एक्लै प्रत्येक विषयमा किसानकालागि आबश्यक प्राविधिक सेवा उपलव्ध गराउन समेत कठिन भईरहेको विद्यमान अवस्थामा बिषय विशेषज्ञहरु मार्फत ग्रामीण जनसमुदायलाई आबश्यक जानकारी उपलव्ध गराउनुका साथै किसानका लागि आबश्यकहुने प्रकाशित सान्दर्भिक सामग्रीहरु उनीहरुकै हात हातमा रहेको मोवाईल सेटमा नै उपलव्ध गराई सूसुचित गराउन सके कृषि प्रसारको स्थान सम्मानजनक बन्न जाने अपेक्षा सहित इन्टरनेट सुविधाको प्रयोग गरी मोवाइलबाट नै किसानलाइ कृषि प्रविधि, सूचना तथा जानकारीहरू पठाउने प्रविधिस् कृषि घर एप्स हामिकहां पनि सुरू गरिएको छ । यो एप्स नेपालका विभिन्न क्षेत्रका किसानहरूलाई कृषि उत्पादनका लागि आबश्यक सूचना, जानकारी र प्रविधिहरू सम्बन्धित सेवा प्रदायक निकायहरूबाटै उपलब्ध गराऊन प्रयाश गर्ने लक्ष सहित भरखरै मात्र शुरु गरिएको नौलो प्रयाश हो । ICTAN (ICT in agriculture Nepal)नामक संस्थाले हात हातमा कृषि सूचना भन्ने नारा सहित हालै कृषि घर एप्सको अवधारणा अघि सारेको छ । ICTAN ले विकास गरेको यो मोवाइल एप्सलाई आफ्नो मोबाइलमा इन्स्टल गरि आफ्नो क्षेत्र र बाली रोजेर सम्बन्धित सेवा प्रदायक निकायबाट सूचना प्राप्त गरी प्राविधिकबाट दिइएका सुझाव र सल्लाह अनुसरण गर्न सकेमा यस्ले कृषि उत्पादन र उत्पादकत्व बृध्दि गर्नमा उल्लेख्य सहयोग पुग्दछ ।
किसानले आफ्नो कुनैपनि एन्ड्रोइड मोवाइल सेटमा सेवाप्रदायक निकायहरूबाट किसानका लागि समय र स्थान सान्दर्भिक पठाइएका उपयोगी कृषि प्रविधि, सूचना तथा जानकारीहरू टेक्स्ट म्यासेजकारूपमा प्राप्त हुन्छ । अफलाइन मोडमा समेत पहिलेका म्यासेजहरू पढ्न सकिने सुविधाले गर्दा किसानलाई अनलाइन बस्नुपर्दाको खर्च र समय बचत हुन जान्छ । सेवाप्रदायक निकायहरुबाट पठाईएका २० वटा सम्म म्यासेजहरु सेवाग्राहीहरुको मोवाइलमा सेभ भएर बस्ने र किसानलाई आबश्यक पर्ने महत्वपूर्ण म्यासेजहरु बुकमार्क गरी स्टोर गरी राख्न सकिने र आबश्यक परेका बखत हेर्न सकिने समेत व्यवस्था रहेको छ ।
कृषि घर एप्सले किसानका समस्याका बारेमा सम्बन्धित बिषय विशेषज्ञ ९ भेटेरीनरी डाक्टर, पशु विकास अधिकृत, वागवानी विकास अधिकृत, वाली संरक्षण अधिकृत, मत्स्य विकास अधिकृत, वाली विकास अधिकृत, कृषि प्रसार अधिकृत आदी०, कृषि प्राविधिक, पशु सेवा प्राविधिकहरुसंग सिधै आबश्यक प्राविधिक सल्लाह र परामर्श लिनका लागि सहयोग पुर्यााउँदछ। कतिपय जिल्लामा किसानहरुले कृषि तथा पशु सेवा विशेषज्ञ तथा प्राविधिकहरूको परामर्श सेवा समेत पाउन नसक्दा गलत विषादी,औषधी र परिमाणको प्रयोग समेत गर्ने गरेको पाइएकाले कृषि घर एप्सले एउटा पुलकोरूपमा काम गर्न खोजेको छ जस्ले भिन्न भिन्न भौतिक स्थानमा रहेका किसान र कृषि प्राविधिकहरूलाई छोटो समयमा नै एक आपसमा जोड्ने प्रयाश गरेको छ । यस एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन्न समस्याको समाधान, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रासायनिक मल तथा विषादीको उचित प्रयोग, पशुमा लाग्ने रोगका लक्षण र व्यवस्थापन प्रविधि,कृषि बजारको जानकारी, मौसमको पूर्वजानकारी जस्ता अत्याबश्यक जानकारीलाई मोबाइल मार्फत दिनेछ।

उद्यमी तथा व्यवसायी कृषकहरूलाई उनीहरूको उत्पादनको उचित बजारस्थल र बजार मुल्यका वारेमा पूर्व जानकारी प्रदान गर्न कृषि व्यवसाय प्रबर्ध्दन तथा बजार विकास निर्देशनालय, हरिहरभवनसंग समन्वय गरी देशका प्रमुख शहरहरूमा सञ्चालित कृषि थोक बजार केन्द्रहरूबाट दैनिक बजार मूल्य समेत कृषि घर एप्स मार्फत अपडेट हुने व्यवस्था गर्ने सोच भएकाले कृषकहरूले पनि आफ्नो उत्पादनको उचित मुल्य पाउने र उपभोक्ताहरूले पनि सुलभ मूल्यमा कृषि उपज उपभोग गर्न पाउने भएकाले कृषकहरूका लागि यो एप्स उपयोगी हुनेमा विश्वास गर्न सकिन्छ ।

एप्स डाउनलोड गर्ने तरिका

  •  सर्बप्रथम आफ्नो मोबाइल सेटमा इन्टरनेट कनेक्ट गर्नु पर्दछ ।
  • मोबाइलमा “playstore” नामक एप्स खोल्ने
  • एप्स डाउनलोड गर्नकालागि“playstore” सर्च गर्ने स्थान मा गइ “krishighar” टाइप गर्ने
  • आंफ्नो सम्बन्धित जिल्लामा क्लिक गर्ने
  • त्यहां दिइएका विभिन्न वाली, पशुपालन र मत्स्य मध्येबाट चाहिएको वाली छनौट गर्ने
  • जानकारी प्रदायकहरू छनौट गर्ने र त्यहां प्राप्त सूचना, जानकारी एवं प्रविधिलाइ राम्ररी अध्ययन गरी अवलम्वन गर्न प्रयाश गर्ने
  • यसका साथै “facebook” मा गई krishighar सर्च गरि कृषि घरको पेज बाट पनि जानकारी हासिल गर्न सकिन्छ। krishigharपेज मार्फत पनि यो एप्स डाउनलोड गर्न सकिन्छ ।
  • डाउनलोड गर्नका निम्ति तलको लिंक मा क्लिक गर्नु पर्दछ ।
  • https://play.google.com/store/apps/details?id=com.krishighar  – शेषमणि भट्टराई 
प्रकाशित मिति: मङ्लबार, माघ ६, २०७१