बिहिबार, बैशाख ६, २०८१

बर्लिनमा विश्वव्यापी कृषि विकासको कुरा

hariकाठमाडौं,५ माघ । कृषि किास मन्त्री हरिप्रसाद पराजुलीले जर्मनीका खाद्य तथा कृषिमन्त्री H.E.Chirstian Schmidt को मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको राजधानी वर्लिनमासन् २०१५ को जनवरी १५ देखि १७ सम्म आयोजित lhtGlobal Forum for Food and Agriculture अन्तर्गतको सातौं वर्लिन मन्त्रीस्तरीय भेलामा नेपालको तर्फवाट प्रतिनिधित्व गरेका छन् । कृषिको विविधिकरणले खाद्य सुरक्षामा पार्नेे प्रभाव र उपलव्ध अवसरको संवोधनमा केन्द्रित उक्त भेलामा सवै महादेशका गरी ६२ देशका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
सो भेलाले The growing demand for food, raw materials and energy: opportunities for agriculture, challenges for food security  GFFA Communique 2015 जारी गरेको छ । संयुक्त राष्ट्रसंघको विश्वखाद्यतथा कृषि संगठन, युरोपियनयुनियन र विश्व वैंकलगायतकाअन्तराष्ट्रिय संगठनका प्रतिनिधिहरु समेत सम्मिलित उक्त भेलाको घोषणापत्रले कृषि विकाससंग सम्वन्धित भावी विश्वव्यापी वहसलाई दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।
तीनदिन सम्मचलेको सो भेलाका क्रम कृषि विकास मन्त्रीसंगको द्धिपक्षीय भेटमा जर्मनीका खाद्य तथा कृषिमन्त्री, इजिप्टका कृषिमन्त्री, चीनका कृषि हेर्ने उपमन्त्री, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक लगायत अन्य सहभागीमुलुकका प्रतिनिधिहरुले द्धिपक्षीय हित र नेपालको कृषि विकासमा साझेदारीका विषयमा छलफल गरेको जनाइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ५, २०७१