बिहिबार, फाल्गुन १७, २०८०

नार्कको कार्यकारी निर्देशक नियुक्तिमा रकमको व्यापक चलखेल मन्त्रीपरिषद् वैठकमा भनाभन

manin काठमाडौं,  माघ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशक डा दिलबहादुर गुरुङ्गले दिएको राजीनामा स्वीकृत पश्चात यतिखेर नार्क निमित्त कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङ्गको नेतृत्वका चलिरहेको छ । त्यसैले नार्कको कार्यकारी निर्देशक नियुक्तिका लागि प्रकाशन गरिएको सूचनामा १३ जनाको निवेदन परेको भएपनि भिजन पेपर प्रस्तुतिका लािग ५ जना मात्र छनौटमा परेका थिए । छनौट भएकाहरुमा डा.ईश्वर प्रसाद गौतम एस ४, डा बैद्यनाथ महतो एस ५, डा.मिननाथ पौडेल एस ४, डा. यमराज पाण्डे एस ४ र डा यज्ञ गजाधर खड्का एस ५ थिए । कार्यकारी निर्देशकका लागि छनौट भएका ५ जनाहरुले नार्कलाई अगाडि बढाउनका लागि प्रस्तुत गरेको भिजन पेपर र अन्य आवश्यक मापदण्डका आधारमा राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक सिफारिस समितिले क्रमश ः यमराज पाण्डे, मिननाथ पौडेल र बैधनाथ महतोलाई सिफारिस गरेको थियो ।
सोही आधारमा अघिल्लो मन्त्रीपरिषद्को वैठकमा कृषि मन्त्री हरिप्रसाद पराजुलीले नार्कको कार्यकारी निर्देशकको नियुक्तिका लागि पहिलो नम्वरमा रहेका डा.यमराज पाण्डेको नाम सिफारिस गरेको भएपनि सो प्रस्ताव पारित हुन सकेन । मन्त्री पराजुलीले पहिलो नम्वरमा रहेका पाण्डेको नाम प्रस्ताव गर्नासाथ भौतिक मन्त्री विमलेन्द्र निधिले एस ५ मा रहेका र वरिष्ठताका आधारमा डा बैधनाथ महतो नपरी के आधारमा उनलाई तेस्रो नम्वरमा राखियो भन्दै त्यसको जवाफ कृषि मन्त्री पराजुलीसँग मागे । कृषि मन्त्री पराजुली उत्तर दिन नसके पछि कार्यकारी निर्देशक नियुक्तिको विषय बैठकमा विवादित बन्न पुगेको र सोही वैठकबाट नै कार्यकारी नियुक्ति विवादित विषय भएकाले स्थगन गरिएको विशेष स्रोतले कृषिलाई बताएको छ ।
मन्त्री पराजुलीले प्रस्ताव गरेका डा.यमराज पाण्डेका विरुद्ध नार्क भित्रैबाट विभिन्न खाले आरोप लगाउँदै उजुरी परेको छ । कृषि विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सर्तकता केन्द्र र अख्तियारको समेत छानविनमा परेको व्यक्तिलाई आर्थिक चलखेलका कारणले पराजुलीले सिफारिस गरेको प्रमाण आपूmसँग भएकाले कुनै पनि हालतमा कार्यकारी निर्देशक बनाउन नहुने अडान मन्त्री निधिलेराखेपछि कार्यकारी निर्देशक नियुक्तिको विषयमा विवाद मात्र भएन दुई मन्त्री वीच भनाभन नै परेको बताइएको छ । विभिन्न आरोप लागेका जुनियर व्यक्तिलाई कार्यकारी निर्देशक बनाए आफूलाई मान्य नहुने भएकाले महतोलाई कार्यकारी निर्देशक बनाउनु पर्ने निधिको तर्क थियो ।
त्यस्तै विगतमा कृषि मन्त्री हरिप्रसाद पराजुलीसँग निकै निकट मानिएका र कार्यकारी निर्देशकका लागि दोस्रो नम्वरमा सिफारिस भएका डा मिननाथ पौडेललाई कृषि मन्त्रीले धोका दिएको उनी निकट कर्मचारीहरुले कृषि साप्ताहिकसँग गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा यमराजलाई कार्वाहीका लागि कृषि विकास मन्त्राललाई पत्र पठाउँदा पठाउँदै पनि डा यमराज पाण्डे एक नम्वरमा पर्नु आश्चर्य चकित भएको नार्कको कर्मचारी बताउँछन् । उनीहरु भन्छन् पाण्डेको विगत कोट्याउने हो भने सत्यता आउने छ । रकमको चलखेल गर्न माहिर मानिएका उनलाई पैसाकै कारण मन्त्रीले काखी च्यापेको उनीहरुको आरोप थियो ।
तर, डा यमनाथ पाण्डेसँग सम्पर्क गर्दा आफूले कार्यकारी निर्देशक बन्नका लागि कुनै पनि आर्थिक चलखेल नगरेको र आफूलाई बदनाम गराउने हिसावले उजुरी गरेको बताउँछन् । चर्चामा आए जस्तै वीसौं लाख बुझाउने सक्ने भईदिएको भए सरकारी क्वाटरमा किन बस्तु पर्दथ्यो उनले प्रतिप्रश्न गरेका छन् ।
कृषिको अनुसन्धान र प्रविधिको विस्तार गरी आम किसानहरुलाई नयाँ नयाँ र उन्नत जातका बीउ एवं प्रविधि विस्तार गर्नु पर्ने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदका लागि भएको यो विवादले पक्कै पनि कृषि अनुसन्धानलाई फाइदा नपु¥याउने कृषि बैज्ञानिकहरुको भनाई रहेको छ । कृषि बैज्ञानिकहरु भन्छन् विवादित व्यक्तिलाई नार्कको कार्यकारी निर्देशक बनाए नार्कको भविष्य अन्धकार हुन्छ । नार्क भित्र बसेर अनुसन्धान होइन राजनीतिक गर्ने अखडा बन्ने दिन नआउँला भन्न सकिंदैन ।

प्रकाशित मिति: आइतवार, माघ ४, २०७१