शुक्रबार, चैत्र १६, २०८०

मुगुका असिनापीडितको धर्ना

काठमाडौँ, २९ पुस । मुगुका असिनापीडित किसान र स्थानीय नेताले नेपाल खाद्य संस्थानले असिना पीडितका लागि खाद्यान्न आपूर्ति नगरेको भन्दै सोमबार संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठको कार्यकक्षमा एक घन्टासम्म धर्ना दिएका छन् ।

करिब ५० जना असिनापीडितले सो धर्ना दिएका थिए । अर्थ मन्त्रालयले खाद्यान्न आपूर्तिका लागि आवश्यक रकम निकासा गरिसकेको र आपूर्ति मन्त्रालयले सोसम्बन्धी निर्देशन दिइसकेको भए पनि महाप्रबन्धक श्रेष्ठले खाद्यान्न आपूर्ति गर्नमा आलटाल गरेको उनीहरूले आरोप लगाएका छन् ।
यही कात्तिक ८ गते आएको असिनाले मुगु जिल्लाको सातवटा गाविसमा बालीनाली नष्ट गरेको थियो । असिनाले करिब रु १३ करोड ६५ लाख ५० हजारबराबरको क्षति पु¥याएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७१