बिहिबार, फाल्गुन १०, २०८०

सचिव बढुवामा कृषिले प्राथमिकता पाएन कामु सचिव लामामाथि अन्याय

jevanकाठमाडौं, २९, पुस । लोकसेवा आयोगले सचिव बढुवाका लागि तीनगुणा बढी सहसचिवको सिफारिस गरेपनि कृषि क्षेत्रले प्राथमिकता नपाएको गुनासो गरिएको छ । ६४ सालसम्मका सहसचिवहरु बढुवाका लागि आयोगले सिफारिस गरेको भएपनि सो अवधिसम्मका कृषि विकास मन्त्रालयका सहसचिव बढुवाका लागि सिफारिसमा नपरेपछि कृषिका सहसचिवहरुले गुनासो गरेका हुन् ।
कृषि विकास मन्त्रालयमा कार्यरत एक सहसचिवले आफूभन्दा जुनियर सहसचिव सचिवका लागि बढुवामा सिफारिसमा परेको तर आफू जस्तै अन्य धेरै सिनियर सहसचिवहरु बढुवाका लागि सिफारिसमा नपरेपछि काम गर्ने जाँगर हराउन थालेको बताएका हुन् ।
हुन त कृषि क्षेत्रमा लामो समयसम्म सहसचिवका रुपमा काम गरेका दुई सहसचिव जीवनप्रभा लामा र विजयकुमार मल्लिकलाई छ महिना अगाडि कामु सचिवको रुपमा जिम्मेवारी दिएर लामालाई सूचना आयोग र मल्लिकलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासका रुपमा पठाएको थियो । ती मध्ये सचिवका लागि सिफारिसमा विजयकुमार मल्लिक मात्र परेका छन् । भने जीवनप्रभा लामालाई सो अवसरबाट बञ्चित गराईएको छ ।
सचिव बढुवामा ३ दर्जन भन्दा बढीको नाम सिफारिस भएको भएपनि कामु सचिव जीवनप्रभा लामाको सिफारिस नपरेपछि हरेक क्षेत्रमा ३३ प्रतिशत महिलालाई समाबेश गराईनु पर्ने कुरा ओझेलमा परेको मात्र होइन सचिवका लागि दावेदारलाई लामालाई महिलाका कोटाबाट भएपनि सचिव बनाउनु पर्नेमा त्यसो समेत नगरिएपछि धेरै अचम्मित परेका छन् । सचिव बढुवाका लागि गरिएको सिफारिस न्यायसंगत छैन भन्ने कुरा कामु सचिव जीवनप्रभा लामा कृषिका तर्फबाट त्यसमाथि पनि महिला नपर्नुले प्रमाणित गरिदिएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७१