शनिबार, बैशाख ८, २०८१

कफी मूल्य श्रृखना गोलमेच वैठकमा नेपाली कफी ब्राजिलसँग तुलना

JAYA MUKUNDAकाठमाडौं, २७ पुस । नेपालको कफीकालाई ब्राजिलको कफीको तुलनामा लैजानका लागि मूल्य श्रृखलामा अपेक्षा अनुरुप काम हुन नसकेको कृषि सचिव जयमुकुन्द खनालले बताएका छन् । काठमाडौंमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाद्धारा आयोजित कफी मूल्य श्रृखला गोलमेच बैठकको उद्घाटनलाई सम्वोधन गर्दै कृषि सचिव खनालले सो कुरा बताइएका हुन् । कफी व्यवसायलाई प्रवद्र्धन गर्नका लागि निजी क्षेत्रका तर्फबाट महत्वपूर्ण काम भईरहेको भन्दै सचिव खनालले कफी क्षेत्रमा काम गर्ने निजी संघसंस्थाका प्रशंसा समेत गरेका थिए ।
एक दिन सो गोलमेच वैठकले निजी क्षेत्र र सरकारी निकाय वीच एक अर्कोवीच आरोप प्रत्यारोप गर्नु भन्दा पनि सरकारी क्षेत्रबाट के काम भईरहेको छ, कृषि विभाग र नार्कले कफी विकासका लागि आगामी दिनमा कसरी काम गर्ने छ भन्ने विषयमा छलफल गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजना निर्देशक योगेन्द्र कुमार कार्कीले कफीको महत्व बढ्दै गईरहेकाले कफी उत्पादन गर्ने किसान, प्रशोधन कर्ता एवं उपभोक्ताहरुलाई एकै ठाउँमा राखेर छलफल गर्न सकेमा कफी क्षेत्रमा देखिएको समस्या समाधान गर्न मद्दत पुग्ने समेत बताएका थिए ।

प्रकाशित मिति: आइतवार, पुस २७, २०७१