बुधबार, बैशाख ५, २०८१

असिनाले करौडौको अन्नबाली नष्ट

काठमाडौं २४ पुस । अहिले साँझ १५ मिनेटसम्म लगातार परेको असिना पानीका कारण झापाको शान्तिनगर, बाहुनडाँगी, बुधबारे लगायतका क्षेत्रमा व्यवसायिक रुपमा लगाइएको तरकारी खेती नष्ट भएको छ । साँझ ७ः३० देखि लगातार परेको असिनाका कारण ५ सय विघा भन्दा बढीको अन्नबाली नष्ट हुँदा करोडौंका क्षति भएको कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाले जनाएका छन् ।
साँझ परेको अविरल असिना पानीका कारण करीव ५ सय विघा भन्दा बढी तरकारी तथा अन्नबाली नष्ट भएको भएपनि के कति नष्ट भएको यकिन भने भोली मात्र गर्न तिमल्सेनाले बताए । साँझ असिना परेकाले नोक्सानी किटान गर्न नसकिएपनि करोडौंको क्षति भएको अनुमान लगाइएको उनले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस २४, २०७१