शनिबार, बैशाख ८, २०८१

बङ्गुरपालनमा जुटे कृषक

pigरुपन्देही, २२ पुस । रुपन्देहीको खडवा वनगाई गाविस–८ कोल्हुवाका पशुपालक कृषक आयआर्जन वृद्धि गर्ने उद्देश्यले व्यावसायिक बङ्गुरपालनमा जुटेका छन् ।

न्यून आयआर्जन भएका विपन्न परिवारलाई जीविकोपार्जनका लागि बङ्गुरपालन गर्न पशुपालक कृषकलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । उनन्तीस घरपरिवारलाई ७१ वटा बङ्गुरका पाठा वितरण गरिएको छ ।
बङ्गुरका पाठापाठी प्राप्त गरेपछि आफ्नो आयआर्जनमा वृद्धि हुने र यसको आम्दानीले बालबालिकालाई शिक्षादीक्षा प्रदान गर्नेलगायतका कार्यमा कृषकलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
खडवा वनगाई गाविस वडा नं ८ कोलुवामा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा गान्धीराज उपाध्यायले कृषकलाई बङ्गुरका पाठापाठी वितरण गरेका हुन् ।
डा उपाध्यायले आयआर्जन कम भएका कृषकलाई जीविकोपार्जनका लागि पशुपालनमा व्यवसायीकरण गर्न जरुरी भएको बताए ।

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७१