आइतवार, अशोज ७, २०८०

बङ्गुरपालन तर्फ सिन्धुुकोटका युवतीहरू

मेलम्ची, २० पुस । आफूसँग भएको खेतबारीको कमाइले तीन महिना पनि नधान्ने भएपछि सिन्धुुपाल्चोक जिल्लाको सिन्धुुकोट गाविसका युवतीहरूले बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् ।
आर्थिक रूपले कमजोर रहेका जिल्लाको पश्चिमी गाउँ सिन्धुकोटका १५ देखि ३५ उमेर समूहका युवतीहरू बङ्गुरपालनमा हौसिएका हुन् । यहाँका एकै समुदायका १८ परिवारका युवतीहरूले बङ्गुरपालन व्यवसाय गरिरहेका छन् ।
गाउँमै रोजगारीको वातावरण सिर्जना गरी विदेशमा हुने युवा पलायन रोक्न विकट गाउँका युवतीले बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । खेतबारीको कमाइले तीन महिना पनि नधान्ने भएपछि सिङ्गो गाउँका १८ परिवारले व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेका हुन् ।
बङ्गुरपालनका लागि अन्य पशु तथा पक्षी पाल्नुभन्दा सजिलो हुने र थोरै लगानीमा राम्रो आम्दानीसमेत हुने भएकाले युवती बङ्गुरपालनतिर लागेका हुन् ।
गाउँमै व्यवसाय गरेपछि युवा विदेश पलायन हुने समस्या र चेलीहरू बेचबिखनको जोखिमबाट जोगिने भएकाले आयमूलक बङ्गुरपालन सुरु गरिएको उनीहरू बताउँछन् ।

प्रकाशित मिति: आइतवार, पुस २०, २०७१