बिहिबार, बैशाख १३, २०८१

१२ किसानले आत्म हत्या गरे

भारतको महाराष्ट्र राज्यमा विगत ७२ घण्टा अर्थात तीन दिनको अवधीमा १२ किसानले आत्म हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महाराष्ट्रको विदर्भमा ७२ घण्टा भित्र १२ किसानले आत्म हत्या गरेको समाचारमा जनाइएको छ ।

peasant suicide in india

खेति नष्ट भएको भन्दै किसानहरुले पीडामा आत्महत्या गरेको बताएको छ । कपास खेती गर्ने ती किसानहरुले एक पछि अर्को गर्दै आत्महत्या गरेका हुन् ।

किसान आन्दोलनका प्रमुख किशोर तिवारीले आत्म हत्याको पुष्टी गरेका छन् ।

महाराष्ट्र विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको आत्महत्याका लागि कांग्रेसको गठबन्धनमाथि दोषारोपण गरेका थिए । तर मोदीकै प्रधानमन्त्रीत्वमा समेत आत्महत्याको क्रम भने रोकिएको छैन ।

१ महिनामा उक्त क्षेत्रमा ५२ जना किसानले आत्महत्या गरेको बताइएको छ । भारतमा किसानको आत्महत्या दर डरलाग्दो स्तरमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७१