शुक्रबार, बैशाख ७, २०८१

बर्दियामा च्याउखेतीका लागि अनुदान र तालिम

बर्दिया, १६ पुस । सरकारको युवा लक्षित कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बर्दियामार्फत ४० जना युवाले च्याउखेतीका लागि अनुदान पाएका छन् । अनुदानका लागि ११२ बेरोजगार युवाले आवेदन दिए पनि निश्चित मापदण्ड पूरा गरेका युवाले जनही रु ४० हजारका दरले अनुदान पाएका हुन् । अनुदान पाएका युवालाई च्याउ उत्पादन विधि र जानकारी, च्याउको लागत विश्लेषण र बजारीकरण तथा बीमासम्बन्धी तीनदिने निःशुल्क व्यावसायिक च्याउ उत्पादन तालिम दिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मतकुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१