शनिबार, बैशाख ८, २०८१

दूधको भाउ बढ्दा किसान दंग उपभोक्ता मारमा

milkकाठमाडौँ, १६ पुस । अन्ततः किसानहरुका लागि केही राहत भएको भएपनि उपभोक्ताहरु मारमा पर्ने गरी दुग्ध विकास संस्थानले पुस १६ गतेदेखि लागू हुने गरी निलो दूध प्रति लिटर ८ रुपैयाँ र गाईको दूध प्रति लिटर ८ रुपैयाँ र चिल्लोयुक्त दूधको मूल्यमा प्रति लिटर १० रुपैयाँका दरले बृद्धि गरेको छ ।
दुग्ध विकास संस्थानले दुग्ध उत्पादक किसानहरुलाई लागत मूल्य समेत नउठ्ने गरी दूध खरिद गरिरहेकोले दूधको मूल्य बृद्धि गर्न व्यवसायिक रुपमा दूध उत्पादनमा लागि रहेका किसानहरुले कृषि मन्त्री समक्ष दवाव दिँदै आईरहेका थिए । किसानहरुलाई दूधको मूल्य उचित रुपमा उपलब्ध गराउने भन्दै कृषि मन्त्री हरिप्रसाद पराजुलीले आश्वासन दिएको दुई साताभित्रै दुधको मूल्य बृद्धि भएपछि किसानहरु खुशी भएका छन् ।
दूधमा भएको मूल्य बृद्धिले किसानहरुका लागि केही खुशी त लाग्यो होला तर, आमउपभोक्ताहरु भने मारमा परेका छन् । यस अघि प्रतिलि रु ५६ मा पाइँदै आएको सो दूधको मूल्य अब उपभोक्ताले रु ६४ तिर्नुपर्ने भएको छ । यस्तै रु ६४ मा प्राप्त हुने गाईको दूधमा रु ८ वृद्धि गरी रु ७२ पु¥याइएको छ । यस्तै चिल्लोयुक्त दूधको मूल्यमा रु १० वृद्धि भएको छ । रु ७० मा प्राप्त हुने सो दूधमा अब उपभोक्ताले प्रतिलि रु ८० तिर्नुपर्ने भएको छ ।
दुग्ध विकास संस्थान कै अनुसार भन्ने हो भने पनि किसानले गाईको दूधप्रति लिटर पाउने भएका छन् । भने उपभोक्ताले ८० रुपैयाँ तिर्नु पर्ने भएको छ । यो मूल्को अन्तरले के देखाउँछ भने दुग्ध विकास संस्थान विचौलियोको भूमिकामा देखिएको छ । ४२ रुपैयामा किसानबाट किनेको दूधलाई ८० रुपैयाँमा उपभोक्ताहरुलाई विक्री गर्दा किसानहरुलाई त न्यूनतम केही राहत भयो होला । तर व्यवस्थापनको असक्षमताका कारण विचौलियाका रुपमा प्रस्ततु भएको दुग्ध विकासका कारण लाखौं उपभोक्ताहरु भने चरम मारमा परेका छन् । -कमला नेपाल

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१