बुधबार, बैशाख १२, २०८१

कृषकलाई प्रोत्साहन गर्न दूधको मूल्य वृद्धि

DSC03680काठमाडौँ, १६ पुस । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रलाई माथि उठाउँदै कृषकलाई प्रोत्साहन गर्न दूधको मूल्य वृद्धि गर्नुपरेको बताए । कृषि तथा जलस्रोतसम्बन्धी संसदीय समितिको बैठकमा कृषकको मेहनतको उचित मूल्य दिलाउनका लागि भारतसँग सुहाउँदो हुने गरी दूधको मूल्य वृद्धि गरिएको उनले स्पष्ट पारे । दूधको अभावलाई अन्त्य गर्नका लागि भारतबाट महँगो मूल्यमा दूध झिकाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, “केही वर्षयता दूधको उत्पादनमा वृद्धि भए पनि मागलाई धान्न सकेको छैन । उत्पादनमा वृद्धि गराउनका लागि किसानको मनोबल उठाउन आवश्यक छ ।”
दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्यमा आजदेखि लागू हुनेगरी रु आठ देखि १० वृद्धि गरेको थियो । बढाइएको मूल्यमा ७१ प्रतिशत कृषकको र २९ प्रतिशत व्यापारीको मूल्यमा वृद्धि हुने प्रावधान रहेको छ । उनले भारतमा कृषकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५५ प्रतिशत अनुदान पाइरहेको अवस्थामा नेपाली कृषकले त्यस्तो सुविधा नपाएकोले मूल्य वृद्धिले कृषकलाई प्रोत्साहन गर्ने धारणा  राखे थिए ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७१