शुक्रबार, बैशाख ७, २०८१

पहिलो बजार सञ्चालक समिति गठन

धुन्चे (रसुवा), १५ पुस । अव्यवस्थित बजारलाई एकीकृत गरी स्वच्छ र सफा कृषि उपज र पशुजन्य पदार्थ व्यवस्थापन गर्न पहिलोपटक बजार सञ्चालक समिति गठन गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डिल्लीराम सेढाइँका अनुसार जिल्लामा उत्पादित कृषि उपज र पशुजन्य पदार्थ व्यवस्थित बिक्री–वितरणका लागि सरकारले लागू गरेको बजार प्रवद्र्धन नीतिअनुरुप जिल्लास्तरमा सम्पन्न भेलाले समिति गठन गरेको हो । नौ सदस्यीय सो समितिमा तरकारी, फलफूल ,मासु, माछासमेतका व्यवसायी रहेको र आगामी दिनमा सो समितिले व्यवस्थित बजार र स्टलसमेत निर्माणमा सहज पारी स्वच्छ र सफा खाद्यवस्तु आम उपभोक्तामाझ पु¥याउने कार्यमा सहज पार्ने पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७१