आइतवार, बैशाख ९, २०८१

हामी दूधमा आत्मनिर्भर बन्न सक्छौं

babukaji-panta

बाबुकाजी पन्त,  कार्यकारी निर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्ड 

० के गर्दै छ दुग्ध विकास बोर्ड अहिले ?
राष्ट्रिय दुग्ध विकास बोर्ड विशेष गरी दुग्ध क्षेत्रको विकास गर्ने निकाय भएकाले यो क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर लागि परेका छौं । हामीले यो चालुआर्थिक बर्षमा सेक्स सिमेन प्रयोगलाई प्राथमिकता दिएर १० हजार डोज मगाएका छौं । जुन सिमेनबाट गाईको बाच्छीमात्र जन्मने हुँदा हामीले उन्नत नश्लको बिर्य आयात गरेका छौं । यसबाट ९० प्रतिशत बाच्छी जन्मने हुँदा यो बढी फलदायी हुने भएकोले पनि हामीले अभियानका रुपमा यसलाई शुरु गरेका छौं । बाच्छी कम्तीमा तीन बर्षमा ब्याउने हुँदा बाच्छी ब्याईसके पछि त्यो बाच्छीले २२ देखि २५ लिटरसम्म दुध दिने हुँदा हामीले अबको २ बर्षमा १ लाखदेखि एक लाख २५ हजारसम्म लिटर दुध हरेक उत्पादन हुन्छ यसले गर्दा दुग्ध उत्पादन क्षेत्रमा धेरै टेवा पुग्दछ ।
० पछिल्लो समय किसानले दुधको लागत मूल्य नउठेकोले दुधको मुल्य बढाउनु पर्ने कुरा आईरहेको छ नि ?
यो कुरा अत्यन्तै जायज कुरा हो । अहिले व्यवसायिक रुपमा गाई पाल्ने किसानहरु संख्या दिनप्रतिदिन बढ्दै गईरहेकोछ । विगतमा घरायसी प्रयोजनका लागि मात्र गाईपाल्ने किसानहरु पनि यतिखेर व्यवसायिक रुपमा गाईपालनतिर लाग्नु भएको छ । २०/३० वटादेखि ४ सयभन्दा बढी गाईपाल्ने किसानहरु पनि हुनुहुन्छ । २/३ सयवटा पाल्नेको संख्या पनि धेरै नै छ । यसले गाईपालन व्यवसायिक रुपमा अगाडि बढिरहेको छ भन्नेपुष्टि गर्न सकिन्छ । हामी पशुसँग सरोकार राख्ने निकाय भएकाले पशु सेवा विभागसँगको समन्वयमा दूध उत्पादनको बृद्धि गर्ने कार्यका लागि पनि लागिपरेका छौं । र कसरी दूध उत्पादनका लागि लाग्ने लागत घटाउन सकिन्छ भन्ने प्रयासमा पनि जुटिरहेका छौं । पशुसेवा विभागले पनि फरेष्ट मिसनको कामलाई अगाडि बढाउने काम भैरहेको छ । यसले गर्दा पनि केही किसानहरुलाई केही मात्रामा भएपनि सहयोग भएको छ । विशेष गरी हामीले गाई भैसी पाल्दा घाँसको प्रयोग बढी गर्ने हो भने उत्पादन लागत मूल्य घटाउन सकिन्छ । हाम्रो मित्र राष्ट्र भारतको सिमाना कर्नाटकमा पनि गाईपालन व्यवसायिक रुपमा नै अगाडि बढेको छ । त्यहाँ के भनिन्छ भने १० लिटर भन्दा कम दुध दिने गाईहरुलाई दाना चोकरहरु नख्वाईकन घांस बाटै बढी उत्पादन लिन सकिन्छ भन्ने निष्कर्ष निकालिसकेको अवस्था छ । यदि हामीले पनि घांस प्रयोग गरेर दूध उत्पादन बढाउन थाल्यौं भने लागत मूल्य घटाउन सक्छौं । दुग्ध उत्पादन किसानहरुको लागत मूल्य कम गराउन सक्यौं भने किसानहरुले फाइदा लिन सक्नु हुन्छ । केही दिन अगाडि मात्र दुग्ध उत्पादक किसानको टोलीले कृषि विकास मन्त्री समक्ष दूधको मूल्य बढाउने माग गर्नु भएको छ त्यसको अध्ययन पनि भईरहेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानलाई दूधको मुल्य कम भएको बिषयमा कुरा उठाउँदै आइरहेको पनि हो । किसानहरुको मागलाई सम्वोधन गर्नका लागि केही समयपछि दूधको मूल्य बृद्धि गर्ने छलफल भईरहेको छ । मूल्य बृद्धि हुन्छ पनि ।
० तपाईहरु किसानलाई दूधको मूल्य बढाउने भनिरहनु भएको छ तर, दूध खरिद गर्ने निकाय दुग्ध विकास संस्थानले किसानलाई उचित मूल्य दिँदैन भन्ने आरोप त लागेको छ नि ?
खास गरी किसानको माग भनेको लागत मूल्य अनुसारको उचित दुधको मूल्य पाउनु पर्दछ भन्ने हो । त्यो मागलाई सम्बोधन गर्दै हामीले एउटा टोली गठन समेत गरेका छौ र त्यसले उचित निर्णय गरेको पनि छ । किसानको मागलाई सम्वोधन हुन्छ । बढी भन्दा बढी किसानहरुलाई दूध उत्पादन तर्फ आकर्षित गर्न पनि दूधको लागत मूल्य घटाउने र किसानलाई उचित मूल्य उपलब्ध गराउने गराउने तर्फ हामी केन्द्रित भएका छौं ।

० त्यसो भए दूधको मूल्य बढछ् ? कतिससम्म बढ्छ होला ?
दूधको मूल्य बढ्छ । तर कति बढ्छ भनेर अहिल्यै भन्ने अवस्था छैन । दूधको मूल्य बृद्धि गर्नका लागि गठित अध्ययन टोलीले दिएको प्रतिवेदन अनुसार किसानलाई मर्का नपर्ने गरी मूल्य बृद्धि हुन्छ । किसान र उद्यमी दुवैको हितको लागि मूल्य बढ्छ । उद्योगीहरुले पनि लोडसेडिङ्गका कारण कारखाना घाटामा गएकोले केही मागहरु राख्नु भएको छ किसानहरुले लागत मूल्य नपाएको गुनासो गरिरहनु भएको छ यी दुवैलाई सम्वोधन हुने छ भन्ने मलाई लाग्छ ।
० दुधको मुल्य वृद्धि गर्ने तर किसानलार्ई भन्दा पनि उद्यमीहरुलाई फाईदा हुने किसिमले हुन्छ भन्छन् नि हो ?
त्ससो होइन । दूधको मूल्य बृद्धि गर्दा किसान, उद्यमी दुबैलाई फाईदा हुन्छ । गत बर्षपनि दूधको मुल्य बृद्धि हुँदा प्रति लिटर ६ रुपियाँ बृद्धि भएको हो । बृद्धि रकम मध्येबाट ३९ प्रतिशत उद्यमीलाई ६१ प्रतिशत किसानलाई बढेको थियो । दूधको मूल्य बृद्धि हुँदा एउटालाई मात्र हुन्छ भन्ने हुँदैन । दूध उत्पादन गर्ने किसानलाई नै पहिलो प्राथमिकता हुनुपर्दछ र हुन्छ पनि । त्यसकारण पनि उत्पादक र उद्यमी दुवैको हितमा मूल्य बृद्धि हुन्छ । छिमेकी राष्ट्र भारतमा पटनाको कुरा गर्ने हो भने त्यहाँ पनि दूधको मुल्य बृिद्ध हँुदा लगभग ८० प्रतिशत किसानले र २० प्रतिशत उद्यमीले पाएका छ्न । नेपालमा पनि हामीले त्यस्तो खालको अवस्था ल्याउनु पर्दछ भनेर भनिरहेका छौं । त्यसमा लागत मुल्य कम गरेर वा अनावश्यक जनशक्तिलाई प्रयोग कमी गरेर यी विविध कुरामा ध्यान दिएर किसानका पक्षमा मुल्य वृद्धिलाई ध्यानमा राख्न सकिन्छ ।
० दूधको आयतलाई प्रतिस्थापन गर्न के गरीरहेको छ बार्डले ?
मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि दूधको आयात प्रतिस्थापन गर्ने तर्फ बोर्डले विगतदेखि नै गृहकार्य गर्दै आएको हो । त्यसका लागि नै बोर्डले २० बर्षे रणनीतिहरु तयार गरिसकेका छौं । त्यो रणनीति कृषि विकास मन्त्रालयमा पेश भैसकेको अवस्था छ । पाँचवटै विकास क्षेत्रमा उन्नत जातका गाईभैसीं उत्पादन गर्ने स्रोत केन्द्रको स्थापना हुनु पर्दछ र त्यो स्रोत केन्द्रले बार्षिक रुपमा कम्तिमा १ हजार बाच्छीहरु उत्पादन गरेर त्यही विसास क्षेत्रमा विपन्न बर्गका परिवारहरुलाई सहुलियमा दिनु पर्दछ भनिरहेका छौं । साथै प्रत्येक जिल्लाको २०० सय गरिवीको रेखामुनी रहेका किसान पहिचान गरी राज्यको तर्फबाट १ वटा गाई अनुदानका रुपमा वितरण गर्नु पर्दछ । अर्को एउटा गाई कृषकले नै सहुलियत व्याजदरमा किन्ने व्यवस्था राज्यले गरिदिनु पर्दछ । त्यसो गर्ने सकिने हो भने हामी दूध उत्पादन अत्यन्तै धेरै गर्न सक्छौं र हामी आत्मनिर्भर हुन सक्छौं । त्यसो गर्न सके हामीले दूध आयातलाई प्रतिष्धापन गरी निर्यातको विकास गर्न सक्छौं ।
० दूधमा आत्मनिर्भर हुने कुरा गर्नु भो तर, दूध उत्पादनका लागि त धेरै चुनौतीहरु छन् भन्छन् नि यस्तो अवस्थामा कसरी आत्मनिर्भर भईएला त ?
चुनौतीहरु त धेरै नै छन् । सवैभन्दा ठूलो चुनौती भनेको नै दूध उत्पादन हो । दूध उत्पादन बृद्धि गर्नका लागि घाँस उत्पादन नगरेसम्म गाह्रो छ । तर दूध उत्पादन बृद्धि गराउनका लागि घाँस उत्पादन गर्नेखालका जग्गा कै अभाव छ । त्यस्ता घाँसहरु उत्पादनमा बृद्धि गरी त्यसलाई पेलेट बनाएर घाँस नहुने ठाउँसम्म पु¥याउने व्यवस्था गर्न सक्नुपर्दछ त्यो हामीले गर्न सकिरहेको छैनौ । इजरायल जस्तो देशले अन्य देशबाट घाँस खरिद गरेर ल्याएर भएपनि दूध उत्पादन बृद्धि गरेको छ । हाम्रो देशमा प्रशस्त घाँस उत्पादन गर्न सकिन्छ । घाँस उत्पादन गर्ने र त्यसलाई आवश्यक पौष्टिक तत्वहरुसहितको पेलेट बनाउने कारखाना सञ्चालन गरी घाँस नहुने ठाउँसम्म पु¥याउन राज्यले अनुदानको व्यवस्था गर्नु पर्दछ । त्यसो गर्न सके घाँस उत्पादन हुने ठाउँबाट नहुने ठाउँसम्म पु¥याएर दूध उत्पादनमा बृद्धि गरी आत्मनिर्भर बन्न सक्छौं ।
० त्यसो भए कहिलेसम्म हामी दूधमा आत्मनिर्भर बन्न सक्छौं त ?
दुग्ध विकासका लागि तयार गरेको बीस बर्षे रणनीति स्वीकृत भएर काम शुरु गर्ने हो भने हामी आगामी बीस बर्षमा दूधमा आत्मनिर्भर भई आयात प्रतिष्धापना गरी निर्यात गर्न सक्छौं । -कमला नेपाल

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७१