शनिबार, बैशाख ८, २०८१

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्न अर्थमन्त्रीको आग्रह

ramsharanबनेपा, १२ पुस । अर्थमन्त्री डा रामशरण महतले सहकारीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्नुपर्ने बताउनुभएको छ । बनेपाको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको २१औं साधारणसभाको अवसरमा आज उहाँले त्यसका लागि सरकारले पनि सहयोग गर्न तयार छ भन्नुभयो । उहाँले विदेशिने युवाहरुलाई स्वदेशमा नै रोजगारीको अवस्था सिर्जना गर्न सहकारीले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै कृिष कर्मका लागि ६ प्रतिशत ब्याजमा ऋण प्रदान गरिने बताउनुभयो । मन्त्री डा महतले सरकारले कृषि क्षेत्रलाई ध्यानमा राखेर अनुदानका कार्यक्रम ल्याएको छ भन्दै कृषि क्षेत्रमा जोड दिए मुलुक समृद्धिको दिशामा अघि बढ्न सक्ने बताउनुभयो । रासस

प्रकाशित मिति: शनिबार, पुस १२, २०७१