बिहिबार, बैशाख १३, २०८१

यसैसाता दूधको मूल्य बढ्ने सकेत

milkकाठमाडौँ,  पुस । दूध उत्पादनमा क्रियाशील किसानहरुले दूध उत्पादन गर्दा लाग्ने लागत मूल्य समेत नआएपछि दूधको मूल्य बढाउने माग गरिएको केही समय वित्न नपाउँदै दूधको मूल्य बढ्ने संकेत देखिएको हो । केही साता अगाडि दुग्ध उत्पादनमा क्रियाशील किसानहरुको टोलीले कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सरकारले पशुपालन तर्फ किसानहरुलाई आकर्षित गर्न खोजेपनि दुग्ध उत्पादक किसानहरुले लागत मूल्य नपाएपछि पशुपालन व्यवसायबाट नै पलायन हुने अवस्था आएकोले दूधको मूल्य बढाउन माग गरेका थिए ।
हुन पनि उपभोक्ताहरुको माग बमोजिम दूधको खपत पु¥याउन नसकिएको भन्दै दुग्ध विकास संस्थानले भारतबाट ठूलो परिणाममा धुलो दूध आयात गरेको थियो । भारतबाट धुलो दूध आयात गरी विक्री गर्नु भन्दा मुलुकमै दुग्ध उत्पादनमा जोड दिन सक्ने हो भने दूध आयात होइन निर्यात गर्न सकिने दुग्ध क्षेत्रमा कार्यरतहरु बताउँछन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तका अनुसार किसानहरुले दुग्ध उत्पादनमा गरेको खर्च नउठेको गुनासो गरेकै कारण दूधको मूल्य बढाउन कार्यदल गठन गरिसकेको बताउँछन् । किसानहरुलाई दूध उत्पादन लागत मूल्य कम गराउनका लागि पशुपालनमा आवद्ध किसानहरुले दानाको प्रयोग भन्दा पनि घाँसको प्रयोग गर्न सके दूधको उत्पादन लागत घट्ने पन्त बताउनु हुन्छ ।
घाँस उत्पादनमा जोड दिएर पशुपालन गर्ने हो भने दूध उत्पादनमा आवद्ध किसानहरुलाइ फाइदा पुग्ने भएपनि किसानहरुको माग अनुरुप किसान एवं उद्यमी दुवैलाई मर्का नपर्ने गरी दधको मूल्य बढ्ने पन्तले कृषि अनलाइनलाई बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७१