बिहिबार, चैत्र १५, २०८०

१० करोडको अदुवा निकासी

नेपालगन्ज, १० पुस / नेपालगन्ज नाका हुदै गतवर्ष भारतमा अदुवा र सुटो नौ गुणा बढी निकासी भएको छ ।

GingerNews Agroआर्थिक ववर्ष २०७०र७१ को साउन महिनादेखि पुस मसान्त सम्म २७ लाख सात हजार ६ सय १६ किलो अदुवा र सुटो निकासी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।सो कार्यालयले दिएको जानकारी अनुसार निकासी भएको अदुवा तथा सुटो १० करोड ५२ लाख ३४ हजार रुपैयाँ बराबरको हो । त्यसको अघिल्लो वर्ष कुल तीन लाख ३३ हजार एक सय ९० किलो मात्रै निकासी भएको थियो जसको मूल्य दुइ करोड ८६ लाख ८९ हजार रुपैया बराबरको रहेको भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको मंसिर र पुस महिनामा सबैभन्दा बढी १८ देखि २० क्विन्टसम् मभारत निकासी भएको थियो । भन्सार कार्यालयका अनुसार गत वर्ष ९ गुणा बढी अदुवा र सुटो निकासी भएको हो । गत वर्ष निकासी भएको देख्दा चकित नै परेको समेत भन्सार कार्यालयको भनाई छ ।

जति बढी निकासी भयो त्यति बढी विदेशी मुद्रा नेपाल भित्रन्छ र देशलाई फाइदा हुने भन्सार कार्यालयले जनाएको छ । अदुवा र सुटो निकासी भए बापत्त भन्सारले कर छुट गरेको जनाएको छ । प्रति प्रज्ञापन पत्र ६ सय ७८ भन्सार सेवा शुल्क लिएको कार्यालयले भन्सार सेवा शुल्क लिएको कार्यालयले जनाएको छ । दसैपछि अदुवा खन्न सुरु हुने भएकाले कात्तिकदेखि माघ महिनासम्म अदुवा भारत निकासी हुनेगरेको पाइएको छ । चालु आर्थिक वर्षमा प्रज्ञापन पत्र वापत ९ हजार सेवा शुल्क जम्मा भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
नेपाल जडिबुटी ब्यबसायी संघका अनुसार नेपालबाट भारतमा अदुवा, सुटो, जडिबुटी दालचिनी, बेसार, मसलाजन्य पदार्थ, पिना, भुस, टिमुर लगायतका सामान वषर्वेनि निकासी हुदै आएका छन । संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले निकासी बढ्दै गएपछि किसान र ब्यबसायी दुबै खुशी भएको बताउनु भयो । चालु आर्थिक वर्षको हालसम्मको अवधीमा पनि ८० करोड रुपैया बराबरका सामान निकासी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७१