बुधबार, बैशाख १२, २०८१

स्याउमा आत्म निर्भर बनाउन तालिम

kalikot aकालीकोट, १० पुस । कालिकोटमा स्याउ उत्पादनमा लागिरहेका किसानहरुलाई स्याउ खेतीबाटै आत्मनिर्भर बनाउन जिल्ला कृषि कार्यालय कालीकोटले तीन दिने स्याउ उत्पादन तथा बगैचा व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।
जिल्लामा रहेका अगुवा किसानहरुका लागि सञ्चालित सो तालिम उद्घाटन गर्दै वरिष्ट कृषि विकास अधिकृत बासुदेव शर्मा पोखरेलले स्याउ खेतीको वर्तमान अवस्था, स्याउको सम्भाव्यता र यसका चुनौतीहरुको बारेमा जानकारी दिएका थिए ।
नेपालमा स्याउले व्यवसायिकता हासिल गरिसकेका कारण स्याउखेती विस्तारगर्न सक्ने किसानहरुको आर्थिक उपार्जनका लागि अत्यन्तै महत्वपूर्ण हुने समेत बताए । सो अगुवा कृषक तालिममा २३ जना स्याउ उत्पादनका सक्रिय किसानहरुको सक्रियता रहेको कृषि विकास कार्यालय कालीकोटका बागबानी विकास अधिकृत रामकुमार यादवले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७१