शुक्रबार, चैत्र १६, २०८०

अचैची उत्पादन पाँच प्रतिशतले बढ्यो

तेह्रथुम, ९ पुस । तेह्रथुम जिल्लामा यसवर्ष रु ५६ करोड भन्दा बढीको अलैँंची उत्पादन भएको छ । जिल्लाको ६२७ हेक्टर जमिनमा लगाइएको अलैँची खेतीबाट यस वर्ष २४८ मेट्रिकटन अलैँची उत्पादन भएको हो ।
जसअनुसार यस वर्ष अलैँची उत्पादन पाँच प्रतिशतले र आम्दानी भने करिब ३० प्रतिशतले बढेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ ।
गत वर्ष जिल्लामा करिब रु ४१ करोड ५० लाखबराबरको अलैँची उत्पादन भएको थियो । गत वर्ष अलैँची सिजनमा प्रतिमन अर्थात प्रति ४० केजी रु ४० हजारदेखि रु ६० हजारका दरले किनबेच भएकामा यस वर्ष उत्पादित अलैँंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पायो ।
यस वर्ष अलैँचीको सुरु सिजनबाटै जिल्लामा रु ८० हजारमा कारोबार भएको थियो । अहिले अलैँची तेह्रथुमसहित पूर्वका बजारमा रु ९५ हजार देखि रु एकलाख प्रतिमनका दरले कारोबार भइरहेको छ ।
तेह्रथुममा उत्पादित अलैँची पूर्वका विभिन्न बजार तथा नाका हँुदै भारतसम्म निकासी हुने गरेको छ । जिल्लाको अर्थतन्त्रको करिव ४० प्रतिशत हिस्सा राख्ने अलैँचीखेती जिल्लाका एक नगरपालिकासहित २६ गाविस मध्ये नगरपालिकासँगै २० वटाभन्दा बढी गाविसमा लगाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०७१