शुक्रबार, बैशाख ७, २०८१

व्यवसायिक माछाखेती तथा कृषि बीमा नीति

rama nandaनेपालको दुईतिहाई जनसंख्या कृषि क्षेत्रसंग आवद्ध रहेर राष्ट्रिय अर्थतन्त्रमा मात्र एक तिहाई योगदान पु¥याई रहेका कारणले अधिकांश कृषकहरको जीवन कष्टकर रहने गरेको छ । भने कृषि श्रमिकहरुलाई उचित ज्याला तिर्न सकिरहेका छैनन् । फलस्वरुप कृषि क्षेत्र दिनानुदिन उपेक्षित क्षेत्र बन्दै गएको छ । अर्कोतर्फ उचित श्रमको खोजीमा निकै ठूलो संख्यामा युवाहरु विदेशिने क्रम बढ्दै गएको छ । वास्तवमा यसको प्रमुख कारण हाम्रो जमीन तथा श्रमिकको उत्पादकत्व छिमेकी मुलुकहरु लगायत अधिकांश मुलुकहरु भन्दा न्यून हुनु नै हो । यत्रो ठूलो जनशक्ति संलग्न रहेको क्षेत्र तथा कृषि प्रधान मुलु हाम्रो देशले निकै ठूलो मात्रामा कृषिजन्य पदार्थहरुको आयातमा विदेशी मुद्रा खर्चिनु परिरहेको छ । यी समस्याहरुको समाधान जमीन तथा श्रमिक दुवैको उत्पादकत्व बढाउन सकेको खण्डमा मात्र सम्भव हुन सक्दछ ।
जमीन तथा श्रमिक दुवैको उत्पादकत्व बढाउनका लागि परम्परागतखेतीको स्थानका व्यवासायिक खेतीको अवलम्वन, तुलनात्मक रुपले कम श्रम आवश्यक पर्ने खेती प्रविधि तथा तुलनात्मक रुपले बढी प्रतिफल दिने बस्तुको उत्पादनमा जोड दिनु पर्ने हुन्छ । मत्स्य पालन व्यवसाय माथिका उल्लेखित सवै विशेषता वोकेको क्षेत्र भएको कारणले पछिल्ला केही समयदेखि लोकप्रिय हुँदै गईरहेको छ ।
मत्स्य पालनका विशेषताहरु ः
० बढी जलांश भएको वा पानी जम्ने जमीन जहाँ अन्यबालीका लागि आंशिक रुपले मात्र उपयुक्त हुन्छ वा अनुपयुक्र हुन्छ । त्यसलाई पोखरी बनाई जमीनको उत्पादकत्व बढाउन मद्दत पु¥याउँछ ।
० पोखरीमा माछा पालन तीन सतहमा पालिने हुँदा जमीनको दाँजोमा अधिक उत्पादकत्व हासिल गर्न सकिन्छ ।
० माछाको विक्री मूल्य अन्य कृषि बस्तुको भन्दा अधिकप्राप्त हुने भएकाले पनि इकाई क्षेत्रफल बढी आम्दानी लिन सकिन्छ ।
० माछा उत्पादन गर्न कम श्रम लाग्ने भएको हुँदा प्रति श्रमिक अधिक आम्दानी प्राप्त हुन्छ ।
० माछा पालनको कार्य चाखलाग्दो तथा मनोरञ्जनात्मक भएकोले बच्चा,युवा, बृद्ध तथा शिक्षित वा अशिक्षित, महिला वा पुरुष सवैले श्रमको उपयोग गर्न सक्छन् ।
यस प्रकार व्यवसायिक मत्स्यपालनलाई बढावा दिन सकेको खण्डमा प्रति इकाई क्षेत्रफल जमीनको बढी उत्पादकत्व गर्न सकिन्छ भने प्रति श्रमिक समेत अधिक उत्पादन हालि भई जमीन तथा श्रमिक दुवैको उत्पादकत्व बृद्धि भई पोषणयुक्त आहारको उत्पादनमा सघाउ पु¥याउनका साथै खाद्य सुरक्षामा समेत टेवा पु¥याउछ । यसका अलावा कृषकहरुको जीवनस्तरमा सुधार हुनुका साथै माछा आयात घटाउन समेत मद्दत पु¥याउँछ । कृषि श्रमिकको पलायनलाई रोकी कृषिलाई मर्यादित पेशाको रुपमा स्थापित गर्न ठूलो सघाउ पु¥याउन सक्दछ । तर नेपालको अधिकांश भागमा मत्स्यपालन नौलो व्यवसायको रुपमा अगाडि आउने प्रयास गरिरहेको छ । हुन त मत्स्यपालन कृषि कर्म एवं पशुपालन दुवैको संयुक्त रुप हो । मात्र फरक के मा छ भने बाली, बागबानी एवं पशुपंक्षीको उत्पादन जमीनमा हुन्छ भने माछाको उत्पादन पानीमा हुन्छ । तसर्थ मत्स्यपालनलाई पानीको खेती पनि भन्न सकिन्छ । जमीनमा गरिने खेतीलाई हामी प्रत्यक्ष हेरिरहेका हुन्छौं भने पानीको खेतीलाई सजिलैसँग प्राय ः देख्न सकिन्छ । फलस्वरुप ज्ञानको अभाववा व्यवस्थापकीय कमजोरीले यदाकदा ठूलो संख्यामा माछा नोक्सान हुने खतरा रही रहन्छ । त्यसैगरी मत्स्यपालनको कार्य थालनी गर्ने बेलामा उपयुक्त किसिमको पालन स्थलको निर्माण गर्नअधिक लगानी गर्नु पर्ने हुन्छ । तर बाढी पैरोजस्ता दैवीप्रकोपको कारणले माछालाई नोक्सान पु¥याउनुका साथै पालनस्थललाई समेत क्षति पु¥याउन सक्छ ।
सामाजिक असहिष्णुताको कारणले कहिलेकाँही विषादीको प्रयोगभई व्यवसायीलाई ठूलो नोक्सान पुग्न सक्ने सम्भावनालाई समेत नकार्न सकिन्न । यस्ता किसिमका जोखिमहरुका कारणले कतिपय कृषकहरु यसलाई व्यवसायको रुपमा अंगाल्नबाट हिचकिचाई रहेका छन् भने मत्स्यपालनमा संलग्न अधिकांश कृषकहरु ठूलो लगानी गर्न चाहि रहेका छैनन् । त्यसैगरी अधिक जोखिम भएको कारणले गर्दा नै सम्भवत ः वित्तिय संस्थाहरुद्धारा समेत ऋण लगानी गर्न त्यत्ति तत्परता देखाउँदैनन् ।
तर गतबर्षबाट प्रारम्भ गरिएको कृषि बीमाले मत्स्यपालनको क्षेत्रलाई समेत समाबेश गरेकोहुँदा यसले मत्स्य व्यवसायमा लगानी बढाउने हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ । मत्स्य बीमाले पालिएका माछा तथा पालन स्थल दुवैलाई समेटेको तथा जोखिमका प्राय ः क्षेत्रहरु बीमामा सम्वोधन गरिएको पाईन्छ । मत्स्य बीमाका मुख्य क्षेत्रहरुमा दैवी प्रकोपद्धारा हुने नोक्सानी, रोगव्याधीद्धारा हुने नोक्सानी, चोरी डकैतीबाट हुने नोक्सानी तथा विषादीको प्रयोगद्धारा हुने नोक्सानी प्रमुख रुपमा रहेका छन् ।
नेपालमा लागू गरिएको मत्स्य बीमाको विशेषताहरु निम्नानुसार रहेको छ ः
१) उत्पादन लागत वा उत्पादन मूल्य मध्येआफूले रोजेको आधारमा बीमा गर्न सकिने छ ।
२)बीमांक तालिका टेवल रुपमा दिएकाले पारदर्शि कारोबार
३) उत्पादकत्व बृद्धिलाई बढावा दिन विशेष सघन खेतीमा छुटको व्यवस्था ।
४) माछाको बीमा गराउँदा बीमा रकमको २प्रतिशत मात्र प्रिमियम तिर्ने व्यवस्था ।
५) पोखरी, रेशवे वा अन्य पालन संरचनाको बीमा गर्दा निर्माण लागतको १ प्रतिशत प्रिमियम तिर्नुपर्ने ।
६) खाने माछा वा माउ माछा दुवै खाले माछाका लागि छुट्टा छुट्टै बीमा व्यवस्था ।
७) ट्राउट, कार्प तथा अन्य सिफारिस भएका माछाहरुको बीमा गर्न सकिने ।
कृषि बीमा गराउँदा नेपाल सरकारद्धारा प्रिमियम राशीमा ७५प्रतिशत अनुदान दिने व्यवस्था गरिएकोले माथि उल्लेखित गरिएको दरको २५ प्रतिशत मात्र कृषकहरुले तिर्नु पर्ने हुन्छ । तसर्थ व्यवसायिक जोखिमलाई न्यूनिकरण गर्न मत्स्य बीमा योजनामा आफू पनि सहभागी होऔ र अरुलाई पनि प्रोत्साहन गरौं । -रमानन्द मिश्र
प्रमुख – मत्स्य विकास निर्देशनालय

प्रकाशित मिति: बुधबार, पुस ९, २०७१