शनिबार, बैशाख ८, २०८१

कपिलबस्तुका किसान बदामबाट कमाउँदै

कपिलवस्तु, ८ पुस । कपिलवस्तु जिल्लाका आधा दर्जन गाविसमा ५०० भन्दा बढी कृषकले बदाम उत्पादन गरी राम्रो आम्दानी पाइरहेका छन् । वाणगङ्गा नदीले बनाएको बगरमा उनीहरूले मौसमीखेतीका रुपमा रहेको बदाम उत्पादन गरी अहिले राम्रो आम्दानी पाइरहेका हुन् ।
यसरी बदामखेतीको उत्पादन गरिएका गाविसमा धनकौली, बररमवापुर, महाराजगन्ज, हर्दौना, कजराहवा, सौराहा, शिहोखोर गाविसको बगरमा रहेको बलौटे माटोमा बदाम खेती गरिँदै आएको कृषि कार्यालयले जनाएको छ ।
यसरी उत्पादन गरिएका बदाम बेच्न अहिले कृषकलाई निकै चटारो परेको छ । जिल्लामा सबैभन्दा बढी तरकारी उत्पादनमा नमुना गाविस रहेको धनकौलीमा बढी बदाम खेती गरिन्छ । तेलहन बालीमा पर्ने बदाम खेतीको धनकौली पकेट क्षेत्र समेत हो । कृषि कार्यालयकाअनुसार जिल्लाका कुल २६ हेक्टरमध्ये आधाभन्दा बढी धनकौलीमै बदाम खेती गरिँदै आएको कृषि कार्यालयका मोहर अलीले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७१