शुक्रबार, बैशाख ७, २०८१

सप्तरीमा धान उत्पादनमा घट्यो

राजविराज, ८ पुस । सप्तरी जिल्लामा धानको उत्पादन गत वर्षको तुलनामा यस वर्ष कम भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र खडेरीका कारण धानको उत्पादनमा कमी आएको हो । जिल्ला कृषि विकास कार्यालय सप्तरीका योजना अधिकृत उपेन्द्र सिंहका अनुसार
आर्थिक वर्ष २०७१÷०७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टनको दरले एक लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार चार नगरपालिका र ९६ गाविस रहेको सप्तरीमा गत आवमा २०७०÷०७१ मा ६० हजार २०० हेक्टरमा ३ दशमलव २ मेट्रिक टनको दरले एक लाख ९२ हजार ६४० मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसैगरी आव २०६९÷०७० को तथ्याङ्कअनुसार २० हजार हेक्टरमा २ दशमलव ७५ मेट्रिक टनको दरले ५५ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, पुस ८, २०७१