शुक्रबार, बैशाख ७, २०८१

विउ बिजनमा जबरजस्ती नियुक्ति

काठमाडौ,७ पुस । कृषि विकास मन्त्रालय कुनै बेला सवैले फालिएको मन्त्रालयका रुपमा लिने गर्दथे । तर यतिखेर कृषि विकास मन्त्रालयलाई दुहुनो गाई जस्तै हेरिन थालिएको छ विविन्न कृषि आयोजनाहरु सञ्चालनमा आएपछि । कृषि विकास मन्त्रालयमा जानै नपरोस् भन्ने राजनीतिक नेताहरु पनि अव कृषि मन्त्री बन्न पाए त ? भन्न थालेका छन् । त्यसैले होला विगतमा राजनीतिक हस्तक्षेप नहुने कृषि विकास मन्त्रालयमा पछिल्लो समय खुवै राजनीतिक खेल हुन थालेको छ ।
प्राविधिक मन्त्रालयका रुपमा चिनिएको कृषि विकास मन्त्रालय मातहतका कार्यालयहरुमा हुने नियुक्तिका लागि राजनीतिक खेल राम्रैसँग शुरु भएको छ । अघिल्लो हप्तामात्र दुग्ध विकास संस्थानमा भ्रष्टाचार लिप्त भएका गंगा प्रसाद तिमल्सेनालाई महाप्रवन्धन नियुक्ति गरेको घटना सेलाउन नपाउँदै कृषि विकास मातहतमा रहेको बीउ विजन कम्पनीको प्रमुखमा राजनीतिक नियुक्त गरी धर्मराज अधिकारीलाई प्रवन्ध सञ्चालकका रुपमा नियुक्ति गरिएको छ ।
स्थापनाकालदेखि नै कर्मचारीकै तर्फबाट प्रवन्ध सञ्चालक रहँदै आएको सो कम्पनीमा नि. प्रवन्धक ननु झा अवकाश भएको लामो समयपछि कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको सिफारिसमा धर्मराज अधिकारीलाई राजनीतिक नियुक्ति गराएपछि बीउ विजन कम्पनीको इतिहासमा पहिलो पटक राजनीतिक नियुक्ति खेलबाटै प्रवन्ध सञ्चालक नियुक्रि गरिएको छ ।
यो नियुक्तिका कारण कम्पनीका काम गर्ने कर्मचारीहरु हतोत्साही बनेको बताउँछन् । बढुवा हुने बेलामा राजनीतिक व्यक्तिलाई ल्याएर टिका लगाईदिएपछि कसरी काम गर्न सकिन्छ । सो पदका लागि बढुवा हुने आशामा रहेका एक उच्च कर्मचारीले कृषिलाई बताए ।

प्रकाशित मिति: सोमवार, पुस ७, २०७१