बिहिबार, चैत्र १५, २०८०

पाँचतारे होटलबाट शुरु भयो भोकमरी मुक्त अभियान

0O honger

काठमाडौ,  पुस । नेपाललाई सन् २०२५ सम्म भोकमरीको स्तरलाई शुन्यमा झार्ने अभियान पाँचतारे होटलबाट आरम्भ गरिएको भन्दै अतिथिका रुपमा आएका स्वास्थ्य मन्त्री खगराज अधिकारीले मञ्चबाटै विरोध गरेपछि तोकिएको समयमा मुलुकबाट भोकमरीको अन्त्य होला र भन्ने शंका उब्जन थालेको छ । कार्यक्रममा अतिथि वक्ताका रुपमा रहेका मन्त्री अधिकारीले भोकमरीलाई शुन्यमा झार्ने भन्ने अनि तारे होटलमा तकडभडक कार्यक्रम गरेर भोकमरीको अन्त्य हुन नसक्ने भनाई राखेपछि कार्यक्रममा अध्यक्षता गरिरहेका कृषि विकास मन्त्री मुसुमुसु हाँसिरहेका थिए । प्रमुख अतिथि प्रधानमन्त्री सुशिल कोइरालाबाट भोकमरी अन्त्य घोषणा गर्ने भनिएपनि विशेष कारणबश सो घोषणा प्रधानमन्त्रीको तर्फबाट शहरी विकास मन्त्री डा. नारायण खड्काले गत शुक्रबारबाट शुरु भएको घोषणा गरे । भोकमरी शुन्यमा झार्ने घोषणा गर्दै मन्त्री खड्काले प्रधानमन्त्री सुशिला कोइरालाको सन्देश पढेर सुनाएका थिए । सन्देशमा आउँदो ११ बर्षभित्रमा नेपाललाई भोकमरीबाट मुक्त गराउनका लागि दातृ निकायहरुको महत्वपूर्ण भूमिका हुने भएकाले
दातृ निकायहरुसँग साझेदारी रुपमा अगाडि बढेर भोकमरीलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । विश्वलाई भोकमरी विहीन अवस्थामा पु¥याउने चुनौतीको सामना गर्न नेपालले पनि सन् २०१२ मा ब्राजिलमा सम्पन्न दिगो विकासको लागि रियो +२० सम्मेलनबाट पारित एवं सन् २०१३ सम्पन्न एस्क्यापको ६९ औं सत्रमा प्रतिवद्धता व्यक्त गरेको थियो । एस्क्यापको ६९ औं सत्रमा विश्वलाई भोकमरीबाट मुक्त गराउने अभिसन्धि पारित गरेको थियो । सोही बमोजिम शुक्रकार भोकमरी मुक्त अभियान घोषणा गरिएको हो ।
कार्यक्रममा अध्यक्षता ग्रहण गरेका कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले उन्नत बीउ विजन, सिँचाई, कृषि उत्पादनको बजारीकरण, मलखादन र भूउपयोग नीति बमोजिम खेतीयोग्य जग्गालाई सदुपयोग गर्न नसके लक्ष्य अनुरुप कार्य सम्पन्न हुन गाह्रो भएको समेत बताए । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले सन् २०२५ सम्ममा भोकमरी स्तरलाई शुन्यमा झार्नका लागि र भोकमरी विहीनताको चुनौतिको सामना गर्न पाँच आधार स्तम्भ पहिचान गरिएकोले सोही ढाँचा भित्रका गतिविधिहरुको कार्यान्वयनले भोकमरी शुन्यमा झार्न सकिने कार्यपत्र प्रस्तुत गरेका थिए ।
आर्थिक विपन्नताका कारणले गर्दा नेपाली युवाहरु ग्रामिण भेगबाट शहर र शहरबाट विदेश जाने क्रम बढिरहेकाले कृषि उपज उत्पादनमा बृद्धि गर्न नसके लक्ष्य गरिएको समयसीमा भित्र भोकमरी अन्त्य गर्न सकिने संकेत देखिएको छैन । मुलुकका अधिकांश जनताहरु आफ्नो जीविकोपार्जनका लागि कृषि क्षेत्रमा नै निर्भर भएको भएपनि खाद्य तथा पोषण सुरक्षाको लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने कार्ययोजनाको (खाँचो देखिएको छ । भोकमरी शुन्यमा झार्ने घोषणाकार्यक्रममा राष्टिूय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, संयुक्त राष्टू संघका आवासीय कोर्डिनेटर जेमि म्याक्गोल्डिूक, एफएओका क्षेत्रीय प्रतिनिधि हिरोयुकी कोनुमा लगायतले भोकमरी अन्त्यका सन्दर्भमा मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७१