विराटनगर , ५ पुस । पूर्वाञ्चलमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार वर्षायाममा कम पानी परे पनि धानमा कुनै किसिमको रोग देखा नपरेकाले उत्पादनमा वृद्धि भएको हो ।
निर्देशनालय विराटनगरका अनुसार पूर्वाञ्चलमा यस वर्ष १३ लाख ९७ हजार ७६० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ११ लाख ४९ हजार ८ सय ४२ मेट्रिकटन उत्पादन भएको थियो ।
Add Comment