बिहिबार, चैत्र १५, २०८०

छोरीलाई भन्दा बुहारीलाई कृषि तालीमको खाँचो – कृषि सचिव

asकाठमाडौं, ४ पुस । सरकारले कृषि विकास लगानी कोष सञ्चालन गर्ने तयारी गरेको कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताएका छन् ।
दिगो भू¬–व्यवस्थापन कार्यक्रम, तरकारी बीउ परियोजना र पहाडी मकैबाली अनुसन्धान परियोजनाको समापन कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सचिव जयमुकुन्द खनालले सो जानकारी दिएका हुन् ।
सचिव खनालले कृषि विकास रणनीतिबमोजिम सञ्चालन गरिने उक्त कोषले अगुवा कृषक र कनिष्ठ कृषि प्राविधिक (जेटिए) लाई प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गर्ने बताए । त्यस्ता तालिमहरु गाउँमा छोरीहरुलाई भन्दा बुहारीहरुलाई दिएमा दिगो हुने समेत बताए ।
कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी तथा राष्ट्रिय कृषि अनुसन्धान परिषद्का निमित्त कार्यकारी निर्देशक डा टेकबहादुर गुरुङले पनि सरकारले दीर्घकालीन कृषि रणनीति कार्यान्वयनमा ल्याइरहेकाले कृषकलाई लाभ हुने र आर्थिक विकासमा टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।
स्वीस सरकार विकास सहयोग नियोगको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय मकै तथा गहुँबाली सुधार केन्द्रद्वारा नेपालमा सन् १९८९ देखि सो परियोजनाको थालनी भएको हो । यसले मकैको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने तथा मकैबालीमा आधारित बाली प्रणालीमा सुधार ल्याउन विभिन्न २० पहाडी जिल्लामा काम गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७१