शनिबार, बैशाख ८, २०८१

पाँचखालमा विषादी प्रयोग घट्दै

pesticidesकाठमाडौं, ३पुस । काभ्रेको पाँचखालमा अत्यधिक विषादी प्रयोग भएको चर्चा भईरहेका बेला विज्ञहरुले पाँचखालका किसानहरुलाई कम्पोष्ट मल प्रयोग गर्न सुझाव दिएका छन् ।
काभ्रेको पाँचखालमा केही दिन अगाडि माटो परीक्षण घुम्ती सेवा शुरु गरेको लगतै माटो परीक्षण पश्चात किसानहरुलाई कम्पोष्ट मल प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका हुन् । पाँचखालमा प्रयोग गरेको विषादीले प्रयोगकर्ता किसान मात्र नभई उपभोक्ताहरुलाई समेत क्यान्सर हुन थालेको तथ्य बाहिर आएपछि किसानहरुमा केही परिवर्तन हुन थालेका छन् ।
विगतमा अत्यधिक विषादी गर्ने किसानहरुनै अव पाँचखालमा विषादी रहित बनाउने अभियानमा जुटेका छन् । माटो व्यवस्थापन निर्देशनलयले तीन दिनका लागि शुरु गरेको माटो परीक्षणमा किसानहरुको भीड थपिएपछि सात दिनसम्म माटो जाँच गरिएको थियो । अहिले पनि अत्यधिक रासायनिक मल प्रयोग गरेका कारण माटोमा भएको खाद्यतत्व कम हुँदै गएको र कम्पोष्ट मल धेरै प्रयोग हुन नसके आउने दिनहरुमा उब्जनीमा कमी आउने माटो विशेषज्ञहरुले बताउन थालेका छन् ।
अत्यधिक विषादीका कारण पाँचखालमा उत्पादन भएको तरकारी तथा अन्य बालीहरुको प्रयोग खरिद गर्न समेत उपभोक्ताहरु हिचकिचाईरहेका छन् । उपभोक्ताहरुले पाँखखालमा उत्पादन भएका तरकारी जन्यबस्तुहरु खरिद गर्न छाडेपछि किसानहरु स्वस्र्फूत रुपमा बिषादीविरुद्ध जुटेका छन् । बाली संरक्षण निर्देशनालयले सो क्षेत्रमा विषादी विरुद्ध अभियान सञ्चालन गर्दै आईपिएम पद्धतिबाट उत्पादन गराउन किसानहरुलाई तालिम दिँदै आईरहेकाले पनि किसानहरु सचेत हुन थालेको र सोही अनुरुप विषादी प्रयोग कमी आईसकेको बाली संरक्षण निर्देशनालका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले कृषिअनलाईनलाई बताए ।
शर्माका अनुसार बाली संरक्षण निर्देशनालयले आईपिएम पद्दतिबाट कृषि उपज उत्पादन गराउन किसानहरुलाई जनचेतना अभिबृद्धि गर्दै सो सम्वन्धि तालिम प्रदान गर्दै आईरहेको समेत बताएका छन् । -कमला नेपाल

प्रकाशित मिति: बिहिबार, पुस ३, २०७१