शुक्रबार, चैत्र १६, २०८०

सस्तोमा मूल्यमा धान बेच्न बाध्य

imagesजनकपुरधाम, ३ पुस । सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानले हालसम्म धानको मूल्य नतोकीदिँदा धनुषा जिल्लाका किसान व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
संस्थानको जनकपुरस्थित कार्यालयले आर्थिक वर्ष २०७१÷७२ मा २५ हजार क्विन्टल सानो मन्सुली र बास्मती धान खरिद गर्ने लक्ष्य राखेपनि हालसम्म धानको मूल्य नतोकेको र खरिद प्रक्रिया अगाडि नबढाएकाले किसान निजीस्तरका व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएका छन् ।
अठार प्रतिशत गुणस्तरयुक्त धान खरिद गर्ने हाम्रो लक्ष्य भए पनि जिल्ला खाद्य प्रारम्भिक समितिको बैठक नबसेकाले धानको खरिद मूल्य तोक्न नसकिएको संस्थानका प्रमुख गुदरप्रसाद साहलेबताए। । साह भने, “जिल्ला कृषि विकास कार्यालय र उद्योग वाणिज्य सङ्घसित धानको खरिद मूल्य मागेका छौँ ।”
उद्योग वाणिज्य सङ्घले सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार २०० को दररेट पठाएकोमा धेरै महँगो भएको संस्थानले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा किसानले ६२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेकामा रु ४० अर्ब ६५ लाख मूल्य बराबरको एक लाख ८६ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस ३, २०७१