शनिबार, बैशाख १, २०८१

झापामा विषादी प्रयोग घटाउने तयारी

झापा, ३ पुस । झापामा अन्नबाली तथा तरकारी बालीमा विषादीको प्रयोग घटाउन जिल्लाभरिमा एकीकृत शत्रुजीव व्यवस्थापन पाठशाला (आइपिएम) लाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने तयारी गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
विषादीको उच्चतम् प्रयोगबाट मानव स्वास्थ्य, वातावरण एवम् पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न आइपिएमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न लागेको कृषि विकास कार्यालय झापाका बाली संरक्षण अधिकृत राजेन्द्र अर्यालले जानकारी दिएका छन् । नेपालमा भारत, थाइल्याण्डभन्दा पनि कम विषादी प्रयोग भए पनि यसको प्रयोगविधि नमिलेका कारण दुरूपयोग बढेकाले नै विषादी नियन्त्रण गर्न र जैविक खेतीतर्फ कृषकलाई आकर्षित गर्न यो प्रयास थाल्ने गरेको अधिकृत अर्यालले जनाए ।
प्रतिहेक्टर प्रतिवर्ष १४२ ग्राम विषादी नेपालमा प्रयोग भएको सरकारी तथ्याङ्कले अन्य मुलुकभन्दा अत्यन्त कम भएको देखिए पनि यसको प्रयोगभन्दा दुरूपयोग भएको कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमिल्सेनाले बताए ।

प्रकाशित मिति: बिहिबार, पुस ३, २०७१