बिहिबार, बैशाख १३, २०८१

खसी बाख्राको कारोबारमा वृद्धि

मोरङ, २८ मंसिर । मोरङको पूर्वी क्षेत्रको ग्रामीण भेगमा उन्नत जातका खसी बाख्राको उत्पादन र कारोबारमा वृद्धि भएको छ । मोरङको दर्वेशा, शनिश्चरे, जिरी खिम्ती, डाइनिया कदमाहा, दादर बेरीयालगायतका ग्रामीण क्षेत्रमा व्यावसायिक फार्म खोलेर खसी बाख्राको उत्पादन गरेर बिक्री गर्न थालेपछि कारोबारमा वृद्धि भएको पशुसेवा कार्यालय मोरङले जनाएको छ ।

ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको एक दर्जन खसी तथा बाख्रा फार्ममध्ये दर्वेशाको सावित्रा खसी तथा बाख्रा फार्मले उन्नत जातको खसी बाख्रा उत्पादन गरेर सबैभन्दा बढी बिक्री गरेको पशुसेवा केन्द्र रङ्गेलीका पशु चिकित्सक अनिल झाले बताएका छन् ।
सावित्रा फार्मले यो वर्षमा रु २० लाखको खसी बिक्री गरेको सञ्चालक फणीन्द्र सुवेदीले बताउनुभयो । सो फार्ममा जामुनापारी, तराई बङ्गाली, विटल क्रस, खसी बाख्रा उत्पादन गर्दै आएको सञ्चालक सुवेदीको भनाइ छ ।
सुवेदीले सप्तकोसी विकास बंैकबाट गत वर्ष रु सात लाख ऋण लिएर भारतबाट उन्नत जातका खसी बाख्रा ल्याएका थिए । सुवेदीले खसी पालेको तीन महिनामै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य चकित पारेका थिए । उत्पादन गरिएका खसी बाख्रा भारतमा समेत निर्यात गरेको सुवेदी बताउनुहुन्छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७१