शुक्रबार, बैशाख ७, २०८१

उन्नत जातका बीउ बोका बिक्री

इटहरी, २६ मंसिर । पशुपालन व्यवसायमा आत्मनिर्भर बन्दै गइरहेको मोरङ जिल्लाको सुन्दर दुलारी नगरपालिकाको सुन्दरपुरवासी किसानले आफ्नो समूहमा बढेका उन्नत जातका बीउ बोका बिक्री आरम्भ गरेका छन् । बाख्रा बोका, पाठापाठी गरी झन्डै १० हजार बाख्रा रहेको सुन्दरपुर क्षेत्रका बाख्रापालक किसानले सुरक्षा सामाजिक महिला सहकारी संस्थामार्फत ती बीउ बोका बिक्री शुभारम्भ गरेको हो ।

प्रतिकेजी रु ५०५ का दरले जीवित बीउ बोकालाई झापाको खुदुनाबारीका किसानले माग गरेबमोजिम बिक्री गरेको संस्थाकी अध्यक्ष बालिका सिटौलाले जानकारी बताएकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७१