काठमाडौं, २५ मंसिर । कृषि मन्त्रालय मातहतमा रहेको विभिन्न आयोजना तथा विभागको महानिर्देशक समेत फेरवदल हुने चर्चासंगै कृषि विकास मन्त्रालयका सहसचिव बीच तरङ्ग पैदा भएको छ । मन्त्रालयको योजना महाशाखाका सहसचिव रामप्रसाद पुलामीको अवकाश भएपछि सो पदमा जानका लागि दौडधुपमा लागेका सहसचिव र राजनीतिक हस्तक्षेपका कारण मन्त्री हरिप्रसाद पराजुलीले कसलाई योजनामा ल्याउने हो भन्ने भेउ पाउन सकेका छैनन् ।
ज्ञ। योजना महाशाखामा कीट विकास निर्देशनालयका जगदीश भक्त श्रेष्ठ आउने चर्चा पनि चलिरहेको छ । सूचना तथा सञ्चार केन्द्रका ईश्वरप्रसाद रिजालले प्रयास गरेपनि रिजाल योजनामा आउने प्रयास विफल देखिएको छ । त्यत्तिमात्र होइन विगतमा नै कृषि विभागमा महानिर्देशकका रुपमा आउन चाहँदा चाहँदै र सिनियर भएपनि आउन नपाएर वातावरण विभागतिर धकेलिएएका डा. सुरोज पोख्रेललाई कृषि विभागमा महानिर्देशक बनाएर युवकध्वज जि.सीलाई अन्य उपयुक्त ठाउँमा लैजाने तयारी पनि गरिएको बुझिएको छ ।
कृषि विभागका महानिर्देशक युवकध्वज जिसीलाई मन्त्रालय मातहत रहेको कुनै एक परियोजना लगेर सो ठाउँमा डा. पोखरेललाई ल्याउनु उपयुक्त भएकोले सो अनुरुप नै गर्न कृषि मन्त्रीलाई उनका नजिकका मानिसहरुले सल्लाह दिएका छन् । मन्त्रालयको सचिवालयदेखि अखिल नेपाल किसान महासंघसम्म यसको चर्चा भएका स्रोतले बताएको छ ।
कृषि मन्त्री हरिप्रसाद पराजुलीले उपप्रधानमन्त्री बामदेवले भनेको मात्र मान्ने भएकाले बामदेव गौतम कै पुगेर सरुवाकालागि आफूलाई सिफारिस गर्न केही सहसचिव पुगेको पनि कृषिअनलाईनले फेला पारेको छ ।
कृषि विभागको महानिर्देशक परिवर्तन हुने संकेत

Add Comment