शनिबार, बैशाख ८, २०८१

अलैँचीको मूल्य इलाममा अहिलेसम्मकै उच्च

alichiइलाम, २४ मंसिर । पहाडी खोलाखोल्सी र ओसिलो जमिनमा उत्पादन हुने अलैँचीको मूल्य एकमन (४० किलो) को ९२ हजार पुगेको छ । नेपाल अलैँची व्यवसायी सङ्घ इलामले पछिल्लो पटक ९५ हजार हाराहारीमा किनबेच भइरहेको जनाएको छ ।

गत वर्षको अन्तिम याममा प्रतिमन रु ४६ हजारमा झरेको अलैँचीको मूल्य यस वर्ष लगातार बढ्दो क्रममा छ । व्यवसायीले अझै मूल्य बढ्ने आशामा मनको रु एक लाखसम्म दिएर धमाधम खरिद गरिरहेका छन् । घट्दो उत्पादन र थपिँदै गएका उपभोक्ताका कारण अलैँचीको मूल्य आकाशिएको सङ्घले जनाएको छ ।
उत्पादन घटे पनि मूल्य बढेकाले अघिल्लो वर्षको तुलनामा वैदेशिक मुद्रा आर्जनमा असर नपर्ने उहा“को भनाइ छ । गएको वर्ष पा“च हजार मेट्रिक टन अलैँची विदेश निर्यात भएको थियो । अलैँचीको बजारमूल्य आकाशिएपछि कृषकको उत्साह पनि थपिएको छ ।
इलाम जिल्लाका गाउ“गाउ“मा खेतीयोग्य जमिन मासेर अलैँची रोप्ने लहरनै चलेको छ । विगतको तुलनामा उत्पादन नभएकाले जिल्लाका व्यापारिक केन्द्रमा कमै मात्र अलैँची आउने गरेको छ । नेपालमा उत्पादित अलैँची भारतको राजधानी दिल्ली भएर खाडीलगायतका मुलुकमा निकासी हुने गरेको छ ।
सैतीस जिल्लामा अलैँचीखेतीको सम्भाव्यता रहे पनि पूर्वका १० जिल्लामा खेती सीमित छ । अलैँची उत्पादनमा ताप्लेजुङ, सङ्खुवासभा, पा“चथर, इलाम, तेह्रथुमलगायत जिल्ला अघि छन् । तर पछिल्लो समयमा धेरै उत्पादन गर्ने ताप्लेजुङ र सङ्खुवासभामा पनि रोगको प्रकोप बढेपछि कुल उत्पादनमा ह्रास आउन थालेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७१