शुक्रबार, बैशाख ७, २०८१

महको उत्पादन घट्यो

honey hunters nepal -25बनेपा, २४ मंसिर । काभ्रेपलाञ्चोक जिल्लामा महको उत्पादन घट्दै गएको छ । भर्खर व्यावसायिक मौरीपालनबाट कृषकले आम्दानी लिन थालेका बेला कृषि उत्पादनमा प्रयोग भएको विषादीले जिल्लामा महको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

“जति महको उत्पादन हुनुपर्ने थियो त्यति मह उत्पादन हुन सकेको छैन, त्यसैले कृषकको आकर्षण अन्य व्यवसायमा बढेको छ”– कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वाली विकास अधिकृत थर्कबहादुर जिसीले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलको तथ्याङ्कमा आव ०६८÷६९ मा वार्षिक झन्डै नौ मेट्रिकटन मह उत्पादन भएकोमा आव ०७०÷७१ मा घटेर ६.५ मेट्रिकटन महको उत्पादन भएको उल्लेख छ ।
जिल्लामा करिब सात वर्षदेखि व्यवसायिकतातर्फ उन्मुख भएको महको उत्पादन घटेपछि कृषकले विस्तारै मौरीपालन व्यवसायबाट हात झिक्न थालेका छन् । खेतीयोग्य जमिन कम भई निम्न आय भएका दलित, जनजाति र महिला कृषकको मौरीपालन व्यवसायमा संलग्नता रहेको छ ।
आव ०५५÷५६ मा काभ्रेफाञ्चोक एकीकृत आयोजनाको सहयोगमा मौरीपालन व्यवसाय सञ्चालन हुँदा प्रभावकारी भएको कृषि विकास कार्यालयको ठम्याइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७१