काठमाडौं,२२ मंसिर ।विषादी प्रयोग मुक्त सप्ताह २०७१ मुलुकभर दोस्रो पटक जारी छ । गत बर्ष बिषादी प्रयोग सप्ताह पहिलो पटक मनाईरह“दा बजारमा उपलब्ध हुने तरकारीहरु तथा फलफूलमा अत्यधिक विषादी प्रयोग हुने गरेको चर्चा मात्र थियो । तर, त्यो प्रमाणित हुन सकिरहेको थिएन । कालिमाटी तरकारी बजारमा विक्रीका लागि ल्याइने तरकारीमा विषादीको मात्रा मापन गर्नका लागि जव द्रूत बिषादी विश्लेषण प्रयोगशाला स्थापना भयो तव मात्र तरकारीमा अत्यधिक बिषादी प्रयोग हुने तथ्य फेला प¥यो ।
जसका कारण आम उपभोक्ताहरुले तरकारीस“गै विष प्रयोग गरिरहेका रहेछन् भन्न सकिने भयो । बाली संरक्षण निर्देशनालय मातहत कालिमाटी तरकारी बजारमा विषादी विश्लेषण इकाई सञ्चालनमा आएपछि विषादी प्रयोग गरिएका तरकारीहरु कालिमाटी बजारमा भित्रन छाडे । विगत चार महिनाको तथ्यांकलाई हेर्ने हो भने कालिमाटीमा विक्रीका लागि ल्याइने तरकारीहरुमा विषादी प्रयोग शुन्यमा पुग्नुले बिषादी प्रयोग न्यूनिकरण हु“दै गईरहेको छ भन्ने कुरा छर्लङ् भईसकेको छ ।
किसानहरुले आफ्ना खेतबारीमा लगाइएका तरकारी जन्य उपजहरुमा लाग्ने कीरा मार्ने नाममा अत्यधिक बिषादी प्रयोग गर्ने गरेका कारण उपभोक्ता मात्र होइन किसानहरु नै प्रत्यक्ष त्यसको मारमा परिरहेका छन् । त्यसकारण विषादी प्रयोग न्यूनिकरणका लागि किसानमय कार्यक्रमहरु आउनु जरुरी छ । जे जति कार्य भईरहेका छन् ती कार्यहरुले केही मात्रामा राहत त दिएको छ । विषादी प्रयोग न्यूनिकरण गर्नका लागि त्यसले मात्र पुग्ने संकेत देखिंदैन । सरकारले हरेक किसानसम्म आफ्नो सेवा पु¥याउन सम्भव पनि देखिएको छैन ।
किसान नजिक रहेर काम गरिरहेका एग्रोभेट सञ्चालकहरुलाई विषादी विक्री वितरण गर्न इजाजत दिंदा नै यस्को मात्रामा कम गराउने शर्तमा दिने हो भने महत्वपूर्ण भूमिका खेल्न सक्छ । जसरी हुन्छ बढी नाफा आर्जन गर्ने सोचमा अत्यधिक विषादी प्रयोग गर्न किसानलाई उक्साहट गर्ने एग्रोभेटमाथि कार्वाही प्रक्रिया अगाडि बढाउने हो र किसानलाई प्रांगारिक कृषि उत्पादनतिर आकर्षण गर्ने हो भने बिषादी प्रयोग मुक्त केही बर्षमा नै गर्न सकिन्छ । बिषादी प्रयोगका कारण घातक रोगहरु बढ्दै गईरहेका कारण किसान, कृषि उत्पादनमा प्रत्यक्ष सरोकार राख्नेहरुलाई निरन्तर सचेत गराउने कार्यमा सरकार स“धै तत्पर रहनु पर्दछ
विषादी प्रयोगको अन्त्य हुनु पर्दछ

Add Comment