शुक्रबार, चैत्र १६, २०८०

आईपिएम जोडीको सफलता

IPM jodiकाभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल तरकारी उत्पादनका लागि प्रमुख क्षेत्रका रुपमा चिनिएको क्षेत्र । त्यही तरकारीका लागि प्रचलित क्षेत्र केही समय अगाडिदेखि तरकारीमा अत्यधिक बिषादी प्रयोग गर्ने क्षेत्रमा रुपमा चर्चा चल्यो । किसानहरुले प्रचार गरिएका कुराहरु गलत भएको र आफूहरुले अत्यधिक बिषादी प्रयोग नगरेको भन्दै उत्पादित कृषि उपज राजमार्गमा फालेर विरोध पनि गरे । मुलुकभर फैलिएको पाँचखालमा उत्पादित तरकारीमा अत्यधिक बिषादी प्रयोग हुन्छ भन्ने त्यो हल्ला अहिलेसम्म पनि साम्य हुन सकेको छैन । तर त्यही पाँचखालको छेवैमा रहेको अनेकोटमा उत्पादिन तरकारीको माग भने बढिरहेको छ भन्ने चर्चा कतैपनि भएन ? विषादी प्रयोग न्यूनिकरण गर्नका लागि बाली संरक्षण निर्देशनालयले काभ्रेका विभिन्न ठाउँमा आई.पि.एम पाठशाला सञ्चालन ग¥यो त्यही पाठशालामा पाठ सिकेका महिला किसानहरुले आफ्ना खेतबारीमा प्रांगारिक तरकारी उत्पादन गर्न थाले अनि ती उत्पादनलाई हरेक शनिबार मात्र काभ्रे कै बनेपामा सञ्चालन हुने प्रांगारिक तरकारी बजारमा बेच्न विहान सवेरै पुग्दथे ।
अत्यधिक रासायनिक बिषादी प्रयोगका कारण घातक रोग लाग्ने कुराबाट सचेत भएका काभ्रे बजारका उपभोक्ताहरु कहिले शनिबार आउँला र प्रांगारिक रुपमा उत्पादित तरकारी एक हप्तालाई पुग्ने गरी किन्ने भनेर लाइन लाग्दथे । तर समयले कोल्टे फेरेको छ बनेपा बजारका उपभोक्ताले प्रांगारिक कृषि उपज किन्न शनिबार नै कुर्नु पर्ने दिन हराएको छ । एक बर्षमा त्यही बजारमा हरेक दिन प्रांगारिक कृषि उत्पादन विक्री हुन थालेको रहेछ । काभ्रे अनेकोटमा आईपिएम प्रविधिबाट प्रांगारिक तरकारी उत्पादन गर्दै आईरहेका कमला सापकोटा र गीता खड्काको जोडी ठिक एक बर्ष अगाडि बनेमामा जुन उत्साहकासाथ तरकारी बेचिरहेका थिए एक बर्ष पछाडि त्यही उत्साहमा तरकारी बेचिरहेको भेटिए ।
गतबर्ष यही आईपिएम जोडीलाई बजारमा भेट्दा लागत नउठेको गुनासो थियो तर अहिले त्यो गुनासो हराएको छ । हामीले उत्पादन गरेको तरकारीमा लागत उठेन भन्दा पनि हाम्रो तरकारीको माग बढेको छ । हामीले स्वस्थ उत्पादन गरेर स्वस्थ तरकारी ख्वाउन सफल भएका छौं । सवैभन्दा ठूलो कमाई त त्यही हो नि होइन र ? प्रतिप्रश्न गर्दछने यो जोडी । ०६४ सालबाट रसायनिक बिषादी प्रयोग गर्न छाडेका यी दुई आईपिएम जोडी आफूले मात्र होइन अरुलाई पनि प्रांगारिक कृषि उत्पादनमा नै जोड दिँदै गाउँ गाउँमा पुगेका छन् । किसानहरुलाई परेका समस्या कसरी समाधान गर्ने भनेर यही जोडी तल्लीन छन् । कृषक सहजकर्ताका रुपमा पनि काम गर्न भ्याएका छन् अनि आफ्नो बारीमा तरकारी खेतीगर्नेदेखि हरेक दिन १५÷१६ किमी टाढा रहेको बनेपा बजारमा विहान सवेरै प्रांगारिक तरकारी विक्रीका लागि आउन पनि भ्याएका छन् ।
यी जोडी भन्छन् अव त उपभोक्ताहरुले प्रांगारिक होइन अग्र्यानिक तरकारी ल्याउनुस् भन्न थालेका छन् । तर, अहिल्यै अग्र्यानिक उत्पादन हुने बेला भएको छैन । प्रांगारिक उत्पादन नै गाह्रो छ । आईपिएमको सफलताप्रति खुशी व्यक्त गर्दै कमला र गीताको जोडी भन्छन् अहिले काभ्रेमा ५० प्रतिशत तरकारी उत्पादन गर्नेहरु आईपिएम प्रविधितिर लागेका छन् । प्रांगारिक तरकारी उत्पादनका लागि धेरै भन्दा धेरै किसानहरु यसततर्फ आकर्षित हुँदै गएका कारण यो जोडीले आईपिएम पाठशाला समेत सञ्चालन गरेका छन् । आम उपभोक्ताहरुलाई स्वस्थ तरकारी ख्याउने कार्यमा जुटेको यो जोडीको अनेकोटको सफल आईपिए जोडीमा रुपमा स्थापित भएका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर २२, २०७१