बिहिबार, बैशाख ६, २०८१

महिलाहरु सामूहिक अदुवाखेतीतिर

ginger planकाभ्रे , २१ मंसिर । काभ्रेपलाञ्चोकमा महिलाकोे आयआर्जन र आर्थिक पहँुचमा वृद्धि गर्न सामूहिक अदुवा र तरकारीखेती सुरु गरिएको छ ।

महिला तथा बालबालिका विकास कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा गौरीशङ्कर ग्रामीण महिला विकास सहकारी संस्था लिमिटेड गठन गरेर जिल्लाको पनौती नगरपालिका–९ स्थित मल्पिमा सो खेती सुरु गरिएको हो ।
यसबाहेक महिलाले अन्डा उत्पादनका लागि लेयर्स कुखुरापालनसमेत गरेका छन् । महिलाको आयआर्जन र आर्थिक पहुँच बढाउन यो प्रयासको थालनी गरिएको सहकारी संस्थाकी अध्यक्ष योगमाया आचार्यले बताइन् ।
उनले अदुवामा झन्डै रु एक लाख ५० हजार लगानी भएको जानकारी दिँदै यसको बिक्री वितरण भने अझै सुरु नभएको जानकारी दिइन् ।
यस्ता कार्यक्रमले महिलालाई सामाजिक काममा प्रेरित गर्ने उल्लेख गर्दै महिला सशक्तीकरणका लागि नमुना काम भएको उनले बताइन् । अहिले अदुवाको बजार भाउ त्यति राम्रो छैन, खेतबाट ल्याएर कोल्डस्टोरमा राखी बजार भाउ आएपछि बिक्री वितरण गर्ने गरेको कृषिसँग आचार्यले बताईन् ।
कृषि अनलाईनसँग कुरा गर्दै उनले सामूहिक खेतीमा गौरीशङ्कर सहकारी संस्थाका झन्डै एक हजार ५०० महिला सहभागी छन् । उनीहरुले अदुवाखेतीसँगै काउली, गोलभँेडा, बन्दा, भन्टालगायतका बालीकोसमेत खेती गरेका जनाएकी छिन् ।

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७१