आइतवार, जेष्ठ १३, २०८१

नेपालमा प्रयोग भएको विषादी अत्याधिक होइन । कृषि -सचिव

jayamukund final
जयमुकुन्द खनाल
सचिव
कृषि विकास मन्त्रालय

० नेपाली कृषिलाई विषादी मुक्त बनाउन सकिएला ?

नेपालको कृषिलाई हामीले विषादी मुक्त गराउनै पर्छ । अहिलेसम्म भन्नेहो भने अत्याधिक विषादी प्रयोग गर्ने देशमा हामी पनि पर्दछौं । यद्यपी अरु देशको तुलनामा हेर्ने हो भने नेपालमा प्रतिहेक्टर विषादी प्रयोग गरेको अत्याधिक त होइन तर, अवैज्ञानकि ढङ्गले विषादीलाई प्रयोग गरिरहेका छौ । पहिलो कुरा त विषादी विष नै हो औषधी होइन भनेर बुभ्mनु जरुरी छ । हामीले औषधीको रुपमा विषादीलाई प्रयोग गरिरहेको अवस्था छ । पछिल्ला केही वर्षहरुमा नसर्ने खालका रोगहरुसँग हामीले जुध्नु र भोग्नु परिरहेको छ । यस्तो हुनु भनेको जनताको आर्थिक अवस्था बिग्रनु नै हो । त्यसैले क्रमश यसलाई घटाएर जनचेतनालाई बढाएर विषादी मुक्त देशबनाउनु पर्ने नै हुन्छ । विषादी मुक्त नबनाउन्जेलसम्म विषादीलाइ सहि ढङ्गले प्रयोग गरेर विस्तारै प्राङ्गारिक खेतीतिर जानुपर्छ भन्नेतिर हामीले सम्झाउनु जरुरी छ ।
० प्रांगारिक कृषि उत्पादनका लागि सरकारले के गरेको छ त ?
प्राङ्गारिक खेतीका लागि प्राङ्गारिक मल बनाउने कारखाना खडा गर्न हामीले अनुदान दिइ राखेका छौ । प्राङ्गारिक विषादी उत्पादन गर्ने कारखाना, सहकारी, संघ संसथाहरुलाई अनुदान दिनसक्ने गरेर कार्यविधि तयार भइसकेको भने छैन । आगामी दिनहरुमा प्राङ्गारिक विषादी उत्पादन गर्नेहरुलाई पनि अनुदान दिएर अगाडि बढाउन सक्यौं भने प्राङ्गारिक खेती तर्फ छिटै जान सकिन्छ भन्ने मलाइ लाग्छ ।
० कालिमाटी तरकारी बजारमा विषादी प्रयोग भएका तरकारी आउन छाडे भन्छन् नि ?
त्यसो हुनु भनेको राम्रो कुरा हो तर मलाई कता(कता शंका के लागेको छ भने अत्याधिक विषादी प्रयोग भएका उत्पादनहरु अन्य कतै बजारमा विक्रि भइराखेको छ कि भन्ने मलाई डर लागेको छ । त्यसका लागि हामीले धेरै जनशक्ति तयार गर्नु पर्ने आवश्यक हुन्छ । विषादी अवशेष दु्रत विश्लेषण इकाई यो वर्ष अन्य पाँच ठाउँमा खडा गर्ने भनेर कार्यक्रमहरु तयार गरेर त्यसैको प्रकियामा छौ । तर, यो धेरै खर्चिलो देखिएको छ किनभने यसको ल्याब खडा गर्नको लागि भवन चाहियो र त्यहाँ चौविसै घण्टा विद्युतको आपुर्ति हुनु प¥यो साथै ल्याब सञ्चालनका लागि जनशक्ति हुनु प¥यो । हामी जनशक्ति, ल्याब र भवनको व्यवस्था पनि गर्न सकौंला तर, चौबीसैं घण्टा विद्युतको आपुर्ति गर्न सकेनौ भने ल्याब सोचेजति प्रभावकारी होला जस्तो लाग्दैन । त्यस कारणले अहिले हामीले कालिमाटीमा सञ्चालन भइरहेको ल्याबलाई इन्भर्टरबाट सञ्चालन गरिराखेका छौ । पहिला विद्युत आपुर्तिको सुनिश्चितताको लागि पनि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौ तर त्यहाँबाट पनि सकारात्मक जवाफ आइरहेको छैन ।
० तपाई त किसानको खेतमै पुग्नु भएको छ प्रांगारिक खेतीतर्फ कत्तिको आकर्षित छन् ?
प्राङ्गारिक रुपमा आकर्षित भएका व्यक्ति वा किसानहरु छन् तर त्यस्ता व्यक्तिहरुसँग भेंट भएको छैन । हामीले प्राङ्गारिक खेतीका लागि सहयोग गर्नु प¥यो भन्दाखेरी उहाँहरुको माग चाही प्राङ्गारिक विषादी उत्पादन गर्न र प्राङ्गारिक विषादी सहुलियत दरमा खरिद गर्न अनुदानको कुराहरु आइराखेको छ । यसका लागि हामीहरुले एकपटक कार्यविधि बनाएका पनि थियौं र कार्यविधि अनुमतिका लागि अर्थमन्त्रालयमा पठाइ रखोका थियौं तर अर्थमन्त्रालयबाट यस विषयमा सहमति आउन सकेको छैन ।
० विषादी मुक्त सप्ताहले किसानहरुलाई परिवर्तन गर्ला त ?
परिवर्तन त ल्याउँछ नै । गत वर्ष पनि मुख्य सचिवज्यूबाट यो कार्यक्रमको उद्य्घाटन गराएर शुभारम्भ गरेका थियौं । त्यो वर्षदेखि हामी सप्ताहव्यापी रुपमा मनाउने भन्ने सोचमा हामी अहिले दोस्रो चरणमा गएका छौ । गत वर्ष देखिनै यसमा केही गर्नुपर्छ भन्ने मुख्य सचिवज्यूको पनि आशय भएको र कृषि विकास मन्त्रालयमा त्यो किसिमको टीम भएको कारणले गर्दा खेरी धेरै परिवर्तनहरु आइरहेको महसुस भइरहेकोछ । रासायनिक विषादी प्रयोगले निम्त्याउने समस्याहरु सञ्चारमाध्यममा आएपछि स्वतः जनचेतना अभिवृद्धि गर्छ र त्यसपछि आउने मागलाइ हामीले कसरी पुरा गर्ने भन्ने विषय हामीलाइ चुनौतिको विषय बनेको छ । त्यो मागलाई सम्वोधन गर्ने गरी आगामी दिनका कार्यक्रमहरुलाइ अगाडि बढाएर लग्न सक्यौं भने यसले एउटा बाटो नै लिन्छ । यदि यत्तिकै चुप लागेर बसियो भने फेरी रासायनिक विषादीमा फर्किने अवस्था हुनसक्छ र हिजोको जस्तै अवस्था आउन सक्छ । अहिले यो सहि समय हो अझ बढी जनचेतना बढाएर सरकारी स्तरबाट यसमामा सहयोग गर्नु पर्ने बेला आएको छ । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७१